शान्तिनगरमा नवप्रवेशी शिक्षक मेन्टरिङ कार्यक्रम विधिवत समापन

शनिबार, असार १४, २०८२
राप्ती गाउँपालिका दशैतिहार शुभकामना सन्देश

शान्तिनगर, १४असार - दाङको शान्तिनगर गाउँपालिकामा नवप्रवेशी शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि सञ्चालित शिक्षक मेन्टरिङ कार्यक्रम एक कार्यक्रमबीच विधिवत रूपमा सम्पन्न गरिएको छ। कार्यक्रमको सुरुवात फागुन ४ गतेदेखि गरिएको थियो।

गढवा गाउँपालिका दशैतिहार शुभकामना सन्देश

समापन कार्यक्रम गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतको अध्यक्षतामा सम्पन्न भयो भने उपाध्यक्ष प्रेमा के.सी. को विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा वडा अध्यक्षहरू, पालिका कर्मचारी, शिक्षक मेन्टर र मेन्टीहरूको सक्रिय सहभागिता रहेको थियो।

समापन अवसरमा सहभागी नवप्रवेशी शिक्षकहरूले मेन्टरिङ अवधिमा प्राप्त अनुभवहरू आदान–प्रदान गरे। कार्यक्रमकै अवसरमा प्रमाणपत्र वितरण समेत गरिएको थियो।514027763_1128323646013340_5575593285142626130_n-1751093906.jpg

शिक्षकहरूको पेशागत दक्षता विकास, व्यवहारिक ज्ञान सुदृढीकरण र विद्यालयमा गुणस्तरीय शिक्षा प्रवर्द्धन गर्ने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको हो। सहभागीहरूको अनुसार कार्यक्रमले उनीहरूलाई शिक्षण पेशामा अझ जिम्मेवार, सक्षम र आत्मविश्वासी बनाएको छ।

कार्यक्रमको अन्त्यमा गाउँपालिका अध्यक्ष प्रमोद बस्नेत र उपाध्यक्ष प्रेमा के.सी. ले सम्पूर्ण नवप्रवेशी शिक्षकहरूलाई उज्ज्वल शैक्षिक भविष्यको शुभकामना व्यक्त गर्दै, सिकेको ज्ञानलाई व्यवहारमा उतार्न प्रेरित गर्नुभयो।shantinagr-1751093609.jpg

511266987_1128323136013391_6531832406604382525_n-1751093974.jpg

511261213_1128323562680015_1729648490755924740_n-1751093968.jpg

511268926_1128323019346736_4638765691779977185_n-1751093975.jpg

511316961_1128323306013374_5609587846009800061_n-1751093972.jpg

513906582_1128323346013370_6679449700356546735_n-1751093972.jpg

513876371_1128323389346699_2285875019742726289_n-1751093968.jpg

प्रकाशित मिति: शनिबार, असार १४, २०८२  १२:४५
प्रतिक्रिया दिनुहोस्