Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

एसईई २०८१: बंगलाचुली गाउँपालिकाका सामुदायिक विद्यालयमा उल्लेखनीय सुधार

शनिबार, असार १४, २०८२

कमिरेचौर, १४ असार -दाङको बंगलाचुली गाउँपालिकाका सामुदायिक विद्यालयहरूले एसईईको नतिजामा उत्साहजनक प्रदर्शन गरेका छन्। राष्ट्रिय परीक्षा बोर्डले हिजो सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा एसईई २०८१ को प्रकाशित नतिजाले गाउँपालिकाको समग्र शैक्षिक अवस्था सुधारोन्मुख रहेको संकेत गरेको छ।

गाउँपालिकाभित्रका ६ वटा सामुदायिक विद्यालयबाट परीक्षामा सहभागी भएका कुल २६६ जना विद्यार्थीमध्ये ८४ जना उतिर्ण भएका छन्। महेन्द्र माध्यमिक विद्यालय, श्रीवारीले सबैभन्दा उत्कृष्ट नतिजा ल्याएको छ। उक्त विद्यालयबाट सहभागी ४१ जना विद्यार्थीमध्ये २८ जना उतिर्ण भई ६८ प्रतिशतको सफलता हासिल गरेको छ । सुधा मा.वि. झेलनेटाबाट ७३ विद्यार्थीमध्ये ३२ जना अर्थात ४३.८८% विद्यार्थी उत्तिर्ण हुन सफल भएका छन् ।

यस्तै सरस्वती मा.वि. जवरकोटबाट ३५ विद्यार्थीमध्ये ९ जना ,खड्ग मन्दिर मा.वि. हाँसिपुरबाट २७ विद्यार्थीमध्ये ६ जना,मा.वि. भेडावारी, मुलावारी बाट ४० विद्यार्थीमध्ये ४ जना र महेन्द्र मा.वि. स्युजामा ५० विद्यार्थीमध्ये ५ जना विद्यार्थी उत्तिर्ण भएका छन् ।

बंगलाचुलीका विद्यालयहरूको विवरण यस प्रकार छ
क्र.स विद्यालयकाे नाम  सहभागी विद्यार्थीसंख्या उर्तिण विद्यार्थी संख्या प्रतिशत  कैफियत
१. सुधा मा.वि. झेलनेटा ४१ जना २८ जना ६८%  
२. सरस्वती मा.वि. जवरकोट ७३ जना ३२ जना ४३.८८%  
३. सरस्वती मा.वि. जवरकोट ३५ जना ९ जना २५.७%  
४. खड्ग मन्दिर मा.वि. हाँसिपुर २७ जना  ६ जना २२.२%  
५. मा.वि. भेडावारी, मुलावारी ४० जना   ४ जना १०%  
६. महेन्द्र मा.वि. स्युजा   ५० जना  ५ जना १०%  
  जम्मा   २६६ जना  ८४जना    

यस वर्षको SEE परीक्षामा बंगलाचुली गाउँपालिकाबाट माध्यमिक विद्यालय, भेडावारी, मुलावारीका छात्र विरेन्द्र गाहाले ३.६१ जिपिए ल्याएर उत्कृष्ट नतिजा हासिल गर्नुभएको बंगलाचुली गाउँपालिका शिक्षा शाखा प्रमुख ओम प्रकाश केसीले जानकारी दिनुभयो।

यसैविच गाउँपालिकाको एसइइ शैक्षिक नतिजाबारे बोल्दै बंगलाचुली गाउँपालिकाका अध्यक्ष तुल्सीराम पुनमगरले यो नतिजाले आफूलाई उत्साहित बनाएको बताउनुभयो। उहाँले भन्नुभयो, "सर्वप्रथम, SEE परीक्षामा सफल हुनुहुने सम्पूर्ण भाइबहिनीहरु, उहाँहरूलाई मार्गदर्शन गर्नुहुने शिक्षक र अभिभावकज्यूहरुलाई हार्दिक बधाई दिन चाहन्छु। यस वर्षको नतिजाले हामीलाई थप हौसला मिलेको छ।"

अध्यक्ष पुनमगरले केही विद्यालयको नतिजा अपेक्षाकृत नभए पनि समग्रमा यो सुधारोन्मुख रहेको बताउनुभयो। "हामी शैक्षिक गुणस्तरलाई गाउँपालिकाको पहिलो प्राथमिकतामा राखेर अघि बढेका छौं।आगामी दिनमा नतिजालाई अझै उत्कृष्ट बनाउन हामी प्रतिबद्ध छौं," अध्यक्ष पुनमगरले भन्नुभयो ।

अध्यक्ष पुनमगरले यस वर्षको नतिजाले बंगलाचुली गाउँपालिकाको सामुदायिक विद्यालयका शिक्षामा नयाँ आशा र विश्वास जगाएको समेत बताउनुभयो । स्थानीय सरकार, विद्यालय प्रशासन, शिक्षक र अभिभावकहरूको संयुक्त प्रयासले भविष्यमा अझै राम्रो परिणाम ल्याउन सकिने समेत उहाँले बताउनुभयो ।

प्रकाशित मिति: शनिबार, असार १४, २०८२  १५:२५
प्रतिक्रिया दिनुहोस्
समाचार