शान्तिनगरमा SEE परीक्षामा ७८% विद्यार्थी उत्तीर्ण, सामुदायिक विद्यालयको नतिजा मिश्रित

शनिबार, असार १४, २०८२

दाङ, १४ असार - दाङकाे  शान्तिनगर गाउँपालिकाभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूबाट शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (SEE) मा सहभागी भएका विद्यार्थीहरूको नतिजा सार्वजनिक गरिएको छ। गाउँपालिकाको शिक्षा शाखाका अनुसार यस वर्षको SEE परीक्षामा २७७ जना विद्यार्थी सहभागी भएका थिए, जसमध्ये २१६ जना उत्तीर्ण भएका छन्।

सार्वजनिक नतिजा अनुसार, ६ वटा विद्यालयले १००% सफलता दर कायम गरेका छन्, जसले गाउँपालिकाको शैक्षिक उन्नतिको संकेत दिएको छ।

🔶 उत्कृष्ट प्रदर्शन गर्ने विद्यालयहरू:
अमृत विद्या मन्दिर, शान्तिनगर-३ – २७ जना विद्यार्थी सहभागी, २७ जना उत्तीर्ण (१००%)

लोकप्रिय विद्यालय, शान्तिनगर-५ – ११  जना सहभागी,  ११  जना उत्तीर्ण

मिडवेस्ट पाइन्ट एकेडेमी, शान्तिनगर-७ – ३४ सहभागी, ३४ जना उत्तीर्ण

हंसवाहिनी विद्यालय, शान्तिनगर-७ – १६ सहभागी, १६ जना उत्तीर्ण

मोडर्न जानकुन्ज माध्यमिक विद्यालय – १८ सहभागी, १८ जना उत्तीर्ण

अन्य प्रमुख विद्यालयहरूको नतिजा:
शिवशक्ति मा.वि., धनौरी-७:  सहभागी ३७ जना  १८ जना उत्तीर्ण – ४८.६५%

माध्यमिक विद्यालय तुलसीपुर , धनौरी:  सहभागी ३९जना , २४ जना उत्तीर्ण – ६१.५४%

विनोद मा.वि., खिल्लापुर: सहभागी २९ जना , १३ जना उत्तीर्ण – ४४.८३%

जनकल्याण मा.वि., सिसहनियाँ: सहभागी ३७जना, २७ उत्तीर्ण – ७२.९७%

राप्ती मा.वि पेदीखाेला १ -   सहभागी  ९ जना, ४ जना उत्तीर्ण - ४४.४४%

कुल सहभागी विद्यार्थीहरू: २७७

उत्तीर्ण विद्यार्थीहरू: २१६

समग्र सफलता दर: करिब ७८%

शान्तिनगर गाउँपालिकाका शिक्षा अधिकृत सुसन पाण्डेका अनुसार, निजी विद्यालयहरूले उत्कृष्ट प्रदर्शन गरिरहेकै बेला केही सामुदायिक विद्यालयहरूमा अपेक्षित सुधार देखिएको छ। गाउँपालिकाले आगामी वर्षहरूमा सबै विद्यालयमा गुणस्तरीय शिक्षा सुनिश्चित गर्न विशेष योजना अघि सारेको छ।

शैक्षिक सुधारका लागि आवश्यक पूर्वाधार, शिक्षक क्षमता विकास, शिक्षण सिकाइ प्रविधिको प्रयोग तथा अभिभावकको संलग्नता अझ सुदृढ बनाउने योजना बनाइएको गाउँपालिकाले जनाएको छ।512704853_1128523282660043_2994426065351824467_n-1751108709.jpg

प्रकाशित मिति: शनिबार, असार १४, २०८२  १७:००
प्रतिक्रिया दिनुहोस्