पर्याप्तरूपमा रासायनिक मल पाउन नसकेकाे किसानहरूकाे गुनासाे

शनिबार, असार १४, २०८२

दाङ,१४ असार  - दाङका किसानहरूले प्रयाप्त रूपमा रासायनिक मल पाउन नसकेकाे गुनासाे गरेका छन् । प्रेस चाैतारी नेपाल घाेराही नगर कमिटिले घाेराही १३ सेवार बनगाँउमा आयाेजना गरेकाे किसानसँग चाैतारी कार्यक्रममा बाेल्ने किसानहरूले यस्ताे गुनासाे गरेका हुन् ।

धान राेपाई सुरू भइसके पनि मल पाउन नसकेकाे भन्दै उनीहरूले जसरी पनि मल उपलब्ध गराउन अनुराेध गरेका छन् । कार्यक्रममा बाेल्दै किसान सुन्तली चाैधरीले आफुले धान खेतीका लागि याे बर्ष १ बाेरा पनि मल पाउन नसकेकाे भन्दै खेती सुरू गर्दा जसरी पनि मल पाउनुपर्ने माग गर्नुभयाे । 

यस्तै किसान महासंघ दाङका अध्यक्ष केशव गिरीले जिल्लामा किसानहरूले भाेगेका विभिन्न समस्या राख्दै रासायनिक मल वितरण पारदर्शी र व्यवस्थित गर्नुपर्ने बताउनुभयाे । गाउँमा रासायनिक मल वितरणका लागि खाेलिएका सहकारीले मल वितरण प्रक्रिया व्यवस्थित नबनाउँदा सबै किसानले मल पाउन नसकेकाे बताउनुभयाे । उहाँले किसानकाे समस्यामा सराेकारवाला निकाय जिम्मेवार नभएको गुनासाे गर्दै गुणस्तरीय मल बीउ पाउने वातावरण बनाउन सराेकारवाला निकायलाई आग्रह गर्नुभयाे । 

यस्तै जिल्ला बंगुरपालन समिति दाङका अध्यक्ष तुल्सिराम बुढामगरले बंगुरपालन गर्दा बंगुरमा लाग्ने राेगकाे उपचार सहजरूपमा हुन नसकेकाे बताउनुभयाे । कार्यालय समयमा जति प्रयास गर्दा पनि पशु प्राविधिक विभिन्न बहाना बनाएर उपचारका लागि नआउने तर कार्यालय समयपछि आउदा गरिब किसानले थप पैसा दिएर बंगुरकाे उपचार गराउन बाध्य भएको बताउनुभयाे । 

किसान जगलाल चाैधरी र कृष्ण चाैधरीले जिल्लाका किसानले भाेग्दै आएका समस्या समाधानका लागि पहल गरिदिन अनुराेध गर्नुभयाे । 

प्रेस चाैतारीका घाेराही नगर किमिटी सदस्य नवराज खत्रीकाे स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा बाेल्दै कृषि सामग्री केन्द्र घाेराहीका प्रमुख टाेपाराम गाैतमले सरकारले अनुदान मलका लागि माग भन्दा कम बजेट विनियोजन गरेकाले सहजरूपमा मल वितरण गर्न नसकेकाे जानकारी दिनुभयाे । नेपालमा १२ लाख मेट्रिक टन मल आवश्यक पर्ने भएपनि सरकारले साडे ५ लाख मेट्रिक टन मात्र खरिद गर्ने पैसा विनियोजन गरेकाले सबै किसानलाई पर्याप्त मल उपलब्ध गराउन नसकेकाे बताउनुभयाे । 

यस्तै साल्ट ट्रेडिङ कर्पाेरेसन लिमिटेड घाेराहीका प्रमुख रामबाबु प्रसाद गुप्ताले जिल्लामा सूचिकृत ७२ वटा सहकारीलाई जिल्लामा आएकाे मल समानुपातिक तरिकाले वितरण गरेकाे बताउनुभयाे । 

कार्यक्रममा कृषि ज्ञान केन्द्र दाङका प्रमुख नवराज भण्डारीले जिल्लामा १ लाख बढि किसान रहेकाे भन्दै स्थानीय, प्रदेश र संघीय सरकारले कृषिमा लगानी बढाउनुपर्ने बताउनुभयाे । 

चाैतारीका नगर कमिटी अध्यक्ष महेश बस्नेतकाे अध्यक्षतामा भएको कार्यक्रममा बाेल्दै प्रमुख अतिथि प्रेस चाैतारी नेपालका निवर्तमान केन्द्रीय उपाध्यक्ष एवम्  नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले समृद्धिकाे आधार स्तम्भ कृषिकाे विकास भएकोले सबै नागरिक कृषि उत्पादनमा जाेडिनुपर्ने बताउनुभयाे । 

साे अवसरमा प्रेस चाैतारी नेपालका सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश ईञ्चार्ज टीका वस्नेत, नेकपा एमाले दाङका प्रचार विभाग प्रमुख संगित बस्याल लगायतले पनि बाेल्नुभएकाे थियाे । कार्यक्रमकाे सञ्चालन नगर कमिटि सचिव दिपक वलीले गर्नुभएको थियाे ।

प्रकाशित मिति: शनिबार, असार १४, २०८२  १८:३७
प्रतिक्रिया दिनुहोस्