सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
कमिरेचौर, १५ असार- दाङको बंगलाचुली गाउँपालिका–६ रिभानमा ट्याक्टर दुर्घटना हुँदा तीन जना विद्यार्थी घाइते भएका छन्।
दुर्घटनामा परी बंगलाचुली–६ रिभान टोलकी १५ वर्षीया आयुषा विक, १५ वर्षीया पुनम महरा र १४ वर्षीय नविन महरा घाइते भएका हुन्। घाइतेमध्ये पुनम महराको अवस्था गम्भीर रहेको बताइएको छ। उनलाई बंगलाचुली अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि घोराही रेफर गरिएको छ। अन्य दुईजनाको उपचार बंगलाचुली अस्पतालमै भइरहेको छ।
घोराहीबाट खानेपानीको पाइप र वालुवा लिएर रिभानतर्फ जाँदै गरेको लु ४ त ९५१७ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय कमिरेचौरले जनाएको छ। दुर्घटना दिउँसो करिब ५ बजे भएको हो।
सुधा मावि झेलनेटा पढ्ने ती विद्यार्थीहरू स्कुलको विदापछि घर फर्कंदै गर्दा बाटोमा ट्याक्टर चढेका थिए। ट्याक्टरको पछाडिको ढालामा बसेका उनीहरू दुर्घटनामा परेका हुन्।
दुर्घटनापछि ट्याक्टर चालक फरार रहेकाे र खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ।