राप्तीमा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव सम्पन्न

आइतबार, असार १५, २०८२

देउखुरी, १५ असार -  दाङको राप्ती गाउँपालिकामा २२औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव आइतबार उत्साहपूर्वक सम्पन्न गरिएको छ।

“धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता” भन्ने मूल नाराका साथ महोत्सव
सर्वोदय माध्यमिक विद्यालय सिसहनियाँको
वडा नं. ७ बड्का सिसहनियाँमा रहेको करिब एक बिघा खेतमा धान रोपेर मनाइएको हो।

राप्ती गाउँपालिकाले प्रत्येक वर्ष कृषकहरूको खेतमै पुगेर यस दिवसलाई उत्सवका रूपमा मनाउँदै आएको छ।

गाउँपालिकाका कृषि विकास शाखा प्रमुख वर्षाती गडरियाले यस पटक पनि कृषक र विद्यालयको सहकार्यमा कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत देवीराम पाठकले स्थानीय उत्पादनमा आधारित कृषि प्रणालीलाई प्रवर्द्धन गर्दै धान दिवसको महत्व उजागर गर्न यस्ता आयोजनाले टेवा पुग्ने धारणा व्यक्त गर्नुभयो।

त्यसैगरी वडा नं. ५ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवप्रसाद चौधरीले विद्यार्थीलाई खेतीपातीप्रति रुचि जगाउन विद्यालयस्तरमै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।

महोत्सवमा गाउँपालिकाका प्रवक्ता तथा वडा नं. २ का वडाध्यक्ष पहलमान चौधरी, वडा नं. ७ का वडाध्यक्ष सिताराम चौधरी, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विक, लेखापाल रेशमराज अधिकारी, कृषि शाखा प्रमुख वर्षाती गडरिया, राप्ती केरा उत्पादक कृषक समूहका अध्यक्ष रणप्रसाद सुवेदी लगायत गाउँपालिकाका कर्मचारी,विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

यसैबीच अतिरिक्त क्रियाकलाप अन्तर्गत विद्यालयले विद्यार्थीहरूको सदन विभाजन गरी सदनात्मक धान रोपाइँ कार्यक्रमसमेत सम्पन्न गरेको छ ।

WhatsApp-Image-2025-06-29-at-12.55.27-PM-1751204685.jpeg

fff3b55e-06d0-43bf-8383-623e49090f8d-1751204729.jpeg

a3ff8844-7241-4bf4-8d21-eaeb3776f182-1751204727.jpeg

WhatsApp-Image-2025-06-29-at-12.55.27-PM-1751204685.jpeg

WhatsApp-Image-2025-06-29-at-12.55.28-PM-1751204662.jpeg

प्रकाशित मिति: आइतबार, असार १५, २०८२  १९:३०
प्रतिक्रिया दिनुहोस्