एसईई २०८१ मा शान्तिनगरको उत्कृष्टता: बुद्ध मावि अगाडि, संस्थागत विद्यालयहरूबाट शतप्रतिशत सफलता

आइतबार, असार १५, २०८२

शान्तिनगर, १५ असार - राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजामा दाङको शान्तिनगर गाउँपालिकाका विद्यालयहरूले उल्लेखनीय सफलता हासिल गरेका छन्।

सामुदायिक विद्यालयतर्फ बुद्ध माध्यमिक विद्यालय, शान्तिपुरले ७२.९२ प्रतिशत विद्यार्थी सफल गराउँदै शान्तिनगरभित्र सबैभन्दा उत्कृष्ट प्रदर्शन गरेको छ।

गाउँपालिकाका अन्य सामुदायिक विद्यालयहरूबाट प्राप्त नतिजा यस्तो छ:

  1. मावि तुलसीपुर धनौरी – ६७.५७%
  2. आदर्श मावि काँसिपुर – ५४.१७%
  3. शिव शक्ति मावि धनौरा – ५०.००%
  4. राप्ति मावि पेदिखोला – ४४.४४%
  5. बि.पी. मावि बयाले – ४०.४०%
  6. जनकल्याण मावि सिम – ३४.०४%
  7. बिरेन्द्र मावि खिलतपुर – २९.२७%

यसवर्ष सामुदायिक विद्यालयहरूबाट ३३९ जना विद्यार्थीले एसईईमा भाग लिएका थिए।

त्यसैगरी, शान्तिनगर गाउँपालिकाका पाँचवटा संस्थागत विद्यालयहरूबाट ११५ विद्यार्थी सहभागी भएका थिए, जसमा सर्वाधिक उपलब्धि हासिल गर्दै सबै विद्यालयबाट शतप्रतिशत सफलता प्राप्त भएको शिक्षा शाखाले जनाएको छ।

सहभागी संस्थागत विद्यालयहरू:

  1. अमृत विद्या मन्दिर – २७ विद्यार्थी
  2. लोकप्रिय विद्या मन्दिर – १९ विद्यार्थी
  3. मिड वेस्ट स्कुल – ३४ विद्यार्थी
  4. हंस बाहिनी स्कुल – १७ विद्यार्थी
  5. मोर्डन ज्ञान कुन्ज – १८ विद्यार्थी

समग्रमा, शान्तिनगर गाउँपालिकाबाट सामुदायिक तथा संस्थागत गरी ४५४ जना विद्यार्थी एसईई २०८१ मा सहभागी भएका थिए।
शैक्षिक रूपान्तरणतर्फको यो सकारात्मक संकेतले आगामी दिनमा शान्तिनगरको शैक्षिक प्रतिवद्धता झल्काएको विश्लेषण गरिएको छ।


 

प्रकाशित मिति: आइतबार, असार १५, २०८२  २०:२६
प्रतिक्रिया दिनुहोस्