Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

बाँकेकाे राप्तीसोनारीमा चट्याङ लागेर एक महिलाको मृत्यु, दुई घाइते

सोमबार, असार १६, २०८२

बाँके, १५ असार- बाँकेको राप्तीसोनारी गाउँपालिका–४ लालपुरमा खेतमा काम गर्दै गर्दा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

मृतकको परिचय ४५ वर्षीया सीता थारूको रूपमा खुलेको छ, जो तुलसीपुर उपमहानगरपालिका–११ उरहरिबाट माइतीघर राप्तीसोनारी आएकी थिइन्। खेतमा धान रोप्ने क्रममा अचानक परेको चट्याङ लाग्दा उनी गम्भीर घाइते भइन्। उपचारका लागि भेरी अस्पताल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक पातलीले जानकारी दिनुभयाे।

चट्याङको घटनामा राप्तीसोनारी–४ की १५ वर्षीया गरिमा थारू र २४ वर्षीया निर्मला थारू घाइते भएका छन्। उनीहरूको अहिले नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

सावधानी अपनाउन स्थानीय प्रशासन र सुरक्षाकर्मीहरूले मौसम खराब हुँदा खुला ठाउँमा काम नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।

प्रकाशित मिति: सोमबार, असार १६, २०८२  ०५:४५
प्रतिक्रिया दिनुहोस्
समाचार