पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि,  नयाँ दर कति ?

मंगलबार, असार १७, २०८२
राप्ती गाउँपालिका दशैतिहार शुभकामना सन्देश

काठमाडौं, १७ असार - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा पुनः वृद्धि गरेको छ। निगमले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाइएको छ भने डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ४ रुपैयाँको वृद्धि गरिएको छ।

गढवा गाउँपालिका दशैतिहार शुभकामना सन्देश

नयाँ मूल्य दर आज राति १२ बजेबाट देशभर लागू हुने निगमले जनाएको छ। निगमका अनुसार भारतबाट आयात हुने पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएपछि त्यसअनुसार समायोजन गर्नुपरेको हो।

वृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोलको खुद्रा मूल्य १७४ रुपैयाँ प्रतिलिटर पुगेको छ भने डिजेल र मट्टितेलको खुद्रा मूल्य क्रमशः १६२ रुपैयाँ प्रतिलिटर हुनेछ।

निगमले लागतअनुसार मूल्य समायोजन गर्नुपर्ने बाध्यता रहेको बताउँदै उपभोक्तालाई सहकार्यका लागि आग्रह गरेको छ।petrol-1-1751330594.jpg

 

 

#इन्धनमूल्य #नेपालआयलनिगम #पेट्रोल #डिजेल #मूल्यवृद्धि
 

प्रकाशित मिति: मंगलबार, असार १७, २०८२  ०६:२८
प्रतिक्रिया दिनुहोस्