सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
दाङ, १८ असार - लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तुत गरेको ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट बहुमतले पारित भएको छ।
बुधवार बसेको प्रदेश सभाको छैटौँ अधिवेशनको १७ औँ बैठकमा बजेट पारित भएको हो। बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले बजेट कार्यान्वयनका लागि आवश्यक रहेको अर्थसम्बन्धी विधेयक प्रस्तुत गरेका थिए।
उक्त विधेयक बहुमतले पारित भएको घोषणा सभामुख तुलाराम घर्ती मगरले गर्नुभएकाे थियाे । बजेटमाथि छलफलका क्रममा सांसदहरूले विभिन्न क्षेत्रगत प्राथमिकता र कार्यान्वयन क्षमताबारे सुझाव समेत प्रस्तुत गर्नु भएकाे थियाे।
सरकारले बजेटमार्फत भौतिक पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य र रोजगारी सृजनामा प्राथमिकता दिएको जनाएको छ।