Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

हापुरेमा शिव मन्दिरमा चोरीको प्रयास, मूर्ति तोडफोड

बिहीबार, असार १९, २०८२

 हापुरे,१९ असार - दाङको बबई गाउँपालिका वडा नम्बर ५ स्थित सिद्धेश्वर महादेवको शिव मन्दिर परिसरमा चोरीको प्रयास भएको छ। गयराती मन्दिर को पर्खाल नागेर चोरीको प्रयास भएको र मन्दिरभित्र रहेको शिवपार्वतीको मूर्ति तोडफोड भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर खत्रीले जानकारी दिनुभएको छ।

मन्दिरमा लगाइएको तालामा हसिया र किला प्रयोग गरेर  खोल्ने प्रयास  सम्भव नभए पछि लठ्ठीको प्रयोग गरेर शिवपार्वतीको मूर्तिमा ताेडफाेड भएकाे ईलाका प्रहरी कार्यालय हापुरेका इन्चार्ज प्रहरी नायव निरिक्षक ईश्वरी भण्डारीले बताउनुभएकाे छ। 

शिवपार्वतीको मूर्तिमा पार्वतीको घाँटीदेखि माथिको भाग चुडिएको छ भने दानपात्रकाे बाकसमा समेत सामान्य क्षेती भएको छ। केही बर्ष अघि पनि मन्दिरको मुर्ति चाेरी गरि ताेडफाेड गरेर फालिएको अवस्थामा भेटिएको थियाे । घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, असार १९, २०८२  १९:४९
प्रतिक्रिया दिनुहोस्