Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

घोराहीमा निःशुल्क पत्रकारिता तालिम सुरु

“नयाँ सिप, प्रविधि र दृष्टिकोणमा समृद्ध बनाउनेमा जोड” 
बिहीबार, असार १९, २०८२

असार, १९ घोराही - प्रेस सेन्टर नेपाल, घोराही शाखाको आयोजनामा सञ्चालित निःशुल्क समाचार लेखन तथा डिजिटल पत्रकारिता तालिम आजदेखि सुरु भएको छ । पत्रकारिता क्षेत्रमा नयाँ पुस्तालाई सशक्त बनाउन उद्देश्यले सुरु गरिएको तीनदिने तालिमको उद्घाटन कार्यक्रम शाखाका अध्यक्ष हेमराज परिवर्तनको अध्यक्षता तथा प्रेस सेन्टर नेपालका केन्द्रीय उपमहासचिव लक्ष्मी आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

प्रमुख अतिथी आचार्यले कार्यक्रमले जिल्लामा क्रियाशील र नवप्रवेशी पत्रकारहरूलाई नयाँ सिप, प्रविधि र दृष्टिकोणमा समृद्ध बनाउन मद्दत गर्ने बताउनुभयो । 

उहाँले पत्रकारिता लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै नवप्रवेशी पत्रकारहरूलाई सही मार्गदर्शन दिन र पत्रकारितालाई जिम्मेवार बनाउन यस्ता तालिमहरू अपरिहार्य रहेको बताउनुभयो । 

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सविन प्रियासनले डिजिटल युगमा पत्रकारिताका चुनौतीहरू झन् जटिल बन्दै गएको उल्लेख गर्नुभयो । उहाँले सचेत, खोजी र तथ्यमा आधारित पत्रकारिता आजको आवश्यकता भएको बताउँदै यस्ता तालिमहरूले पत्रकारहरूलाई प्रविधिसँग अभ्यस्त बनाउने विश्वास व्यक्त गर्नुभयो । 

नेपाल पत्रकार महासङ्घ दाङका अध्यक्ष सन्तोष सुवेदीले तालिमले जिल्लाका पत्रकारहरूको क्षमता अभिवृद्धिमा सहयोग पु¥याउने बताउनुभयो । उहाँले प्रशिक्षणले व्यावसायिकता, जिम्मेवारी र मूल्यमा आधारित पत्रकारिता अभ्यास गर्न सिकाउँन सहयोग पुग्ने बताउनुभयो । 

नेकपा (माओवादी केन्द्र) प्रचार विभाग सदस्य तथा महासङ्घका निवर्तमान केन्द्रीय उपाध्यक्ष उदय जिएमले यस्ता तालिमहरू केवल सीप विकासका लागि मात्र नभई विचार र दृष्टिकोण विस्तारको माध्यम भएको बताउनुभयो । पत्रकारिता परिवर्तनको माध्यम भएको भन्दै त्यसमा निहित मूल्य र जिम्मेवारी बुझ्न यस्ता तालिमहरू आवश्यक रहेको उहाँको भनाई थियो ।


यस्तैगरी कार्यक्रमा उपस्थित प्रेस सेन्टर नेपाल अनुशासन आयोगका सदस्य प्रकाश चौधरी, प्रेस सेन्टर नेपाल दाङका उपाध्यक्ष जीवन रोका, संस्थापक अध्यक्ष पूरण शर्माले प्रेस चौतारी दाङका सचिव निमुसंगम घती,दाङ महिला जेसिसकी कार्यकारिणी उपाध्यक्ष लक्ष्मी घमाले पत्रकारितामा आचारसंहिता र नैतिकताको पालनाले नै दीर्घकालीन विश्वास निर्माण हुने भन्दै यस्तो तालिमले अनुशासित पत्रकार उत्पादन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

शाखाका उपाध्यक्ष विष्णु गोराथोकीको स्वागत मन्तव्यबाट सुरु भएको उद्घाटन कार्यक्रमको सहजिकरण सचिव सुविनराज सेर्पालीले गर्नुभएको थियो । 515324299_1361964081563599_4057586675723641998_n-1751557202.jpgपहिलो दिन समाचार र समाचार लेखन

उद्घाटनको पहिलो दिन वरिष्ठ पत्रकार नरेन्द्र केसीले “समाचार र समाचार लेखन“ विषयमा विस्तृत प्रशिक्षण दिनुभयो । उहाँले समाचार लेखनमा निष्पक्षता, सन्तुलन र तथ्यको महत्वमाथि विशेष जोड दिनुभयो । तालिममा २५ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको छ, जसमा नयाँ र अनुभवी दुवै खालका पत्रकारहरूको उपस्थिति छ ।
तालिम अवधिभर विभिन्न क्षेत्रका विज्ञ प्रशिक्षकहरूले पत्रकारिताका विविध पक्षबारे प्रशिक्षण दिने कार्यक्रम तय गरिएको छ । 

यस्तै तालिमको दोस्रो दिन  लक्ष्मी आचार्यले महिला र लैङ्गिक संवेदनशीलतासहितको पत्रकारिता विषयमा प्रशिक्षण दिनुहुनेछ । यस्तै,अजय दीप शर्माले सम्पादकीय लेखन र विचार पत्रकारिता, जनक नेपालीले टेलिभिजन पत्रकारिताबारे प्रशिक्षण गर्नुहुने भएको हो ।

तेस्रोदिन सन्तोष सुवेदीले फ्याक्ट चेक र गलत सूचना विरुद्धको पत्रकारितार हेमराज परिवर्तनले डिजिटल पत्रकारिता तथा मोबाइल जर्नालिजम विषयमा प्रशिक्षण दिने तालिका तय गरिएको छ । तालिम नेपाल पत्रकार महासङ्घ, दाङ शाखाको सभाहलमा सञ्चालन भइरहेको छ ।513585046_1952627595496278_607637263104546559_n-1751557227.jpg

प्रकाशित मिति: बिहीबार, असार १९, २०८२  २१:२५
प्रतिक्रिया दिनुहोस्
समाचार