Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

बंगलाचुली गाउँपालिकाद्वारा राष्ट्रपति शिल्ड पदक विजेता ४ खेलाडी सम्मानित

शनिबार, असार २१, २०८२

दाङ,२१ असार - दाङकाे बंगलाचुली गाउँपालिकाले आज ४ जना खेलाडीहरुलाई सम्मान गरेकाे छ बंगलाचुली गाउँपालिकाले जिल्ला तथा प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक जित्न सफल विद्यार्थी खेलाडीहरूलाई सम्मान गरेको छ। आज गाउँपालिकाको कार्यालय, कमिरेचौरमा आयोजित एक कार्यक्रममा विजयी खेलाडीहरूलाई सम्मान गरिएको हो।

गाउँपालिकाले लुम्बिनी प्रदेशस्तरमा ३ हजार मिटर दाैडमा रजत पदक,जिल्लास्तरकाे ३ हजार मिटर दाैडमा स्वर्ण र १५ सय मिटर दाैडमा रजत पदक जित्न सफल हिमाल वली ,प्रदेश स्तरमा ३ हजार मिटर दाैडमा कास्य ,जिल्ला स्तरमा ३ हजार मिटर दाैडमा रजत पदकमा डाेमा जिसी, ,जिल्ला स्तरिय ३ हजार मिटर र ८ सय मिटर दाैडमा काष्यपदक विजेता अस्मिता बुढामगर र जिल्ला स्तरिय ज्याव्लिङ थ्राे मा स्वर्ण पदक विजेता आशा भुसाललाई सम्मान गरिएको हाे ।

खेलाडीहरूलाई बंगलाचुली गाउँपालिका अध्यक्ष तुलसीराम पुन मगर ,उपाध्यक्ष भक्तबहादुर जिसी, शिक्षा शाखा प्रमुख ओमप्रकाश केसी लगायतको टोलीले सम्मान पत्र र नगद पुरस्कार प्रदान गर्नुभएको हाे । 

कार्यक्रममा बाेल्दै गाउँपालिका अध्यक्ष तुलसीराम पुनमगरले खेलाडीहरूलाई बधाई दिँदै उनीहरूको उज्ज्वल भविष्यको कामना गर्नुभएयाे। उहाले गाउँपालिकाकाे यस प्रकारको सम्मानले विद्यार्थीहरूलाई खेलकुदमा अगाडि बढ्न थप प्रेरणा मिल्ने विश्वास गर्नुभयाे । कार्यक्रममा बाेल्दै गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसीले सम्मानले खेलाडीलाई भविष्यमा केही गर्न अझै हाैसाला मिल्ने भन्दै आफ्नो लक्ष्यमा निरन्तर अघि बढ्न आग्रह गर्नुभयो । कार्यक्रमकाे सहजिकरण शिक्षा शाखा प्रमुख ओम प्रकाश केसीले गर्नुभएको थियो ।

प्रकाशित मिति: शनिबार, असार २१, २०८२  ०६:०३
प्रतिक्रिया दिनुहोस्
समाचार