शान्तिनगर गाउँपालिकाको केन्द्र स्थायी रूपमा जुुम्लेकुलामा कायम

शनिबार, असार २१, २०८२

दाङ,२१ असार - दाङकाे शान्तिनगर गाउँपालिकाको केन्द्र परिवर्तन सम्बन्धी प्रक्रिया सम्पन्न भई गाउँपालिकाको स्थायी केन्द्र जुुम्लेकुला कायम गरिएको छ ।

गएको मिति २०८१ जेष्ठ २५ गते बसेको १५३औं गाउँसभा बैठकले केन्द्र परिवर्तन गर्ने निर्णय गरेको थियो । सो निर्णयको सिफारिससहितको प्रक्रिया मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, लुम्बिनी प्रदेश हुँदै संघीय सरकारसमक्ष पेश गरिएको थियो । सोही आधारमा नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८१/२/१२ को बैठकले शान्तिनगर गाउँपालिकाको केन्द्र वडा नं. ७ को जुुम्लेकुलामा कायम गर्ने निर्णय गरेको हो ।

उक्त निर्णय नेपाल सरकारद्वारा मिति २०८१/२/१६ मा प्रकाशित नेपाल राजपत्र भाग ५ खण्ड ७५ को संख्या १६ मा समेत सूचनासहित प्रकाशित गरिएको छ । अबदेखि गाउँपालिकाका सबै कार्यकारी, न्यायिक तथा प्रशासनिक कार्य जुुम्लेकुलामा रहेको गाउँ कार्यपालिकाको कार्यालयमार्फत सम्पादन हुने  प्रमुख प्रशासकीय अधिकृत भेषराज चन्दले जानकारी दिनुभयाे ।

सार्वजनिक सेवाका सरोकारवालाहरूलाई जानकारीको लागि यो सूचना जारी गरिएको गाउँपालिका कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, असार २१, २०८२  १६:२०
प्रतिक्रिया दिनुहोस्
समाचार