सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
कमिरेचौर २२ असार - दाङको बंगलाचुली गाउँपालिकाले कृषकहरुलाई हाते ट्याक्टर वितरण गरेको छ । बंगलाचुली गाउँपालिकाको लागत साझेदारीमा कृषिउपकरण वितरण गर्ने कार्यक्रम अनुसार कृषकहरुलाई हातेट्याक्टर वितरण गरीएको हो । कृषकहरुको संयुक्त लागत साझेदारीमा ट्याक्टरहरु वितरण गरेको हो ।
बंगलाचुली गाउँपालिकाले पालिकाको वडा नम्वर ५ मा १० वटा अनि वडा नम्वर ४ र ८ मा ५ वटा गरी जम्मा १५ वटा हाते ट्याक्टर वितरण गरेको छ । बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगर,उपाध्यक्ष भक्त बहादुर जिसी, बंगलाचुली गाउँपालिका वडा नम्वर ५ का अध्यक्ष लिला बहादुर घर्ती र गाउँपालिकाका कृषि शाखा प्रमुख ज्ञानराज कडेलको उपस्थितिमा आज कृषक समुहलाई हाते ट्याक्टर वितरण गरिएको हो ।
बंगलाचुली गाउँपालिका वडा नम्वर पाँच,चार र आठमा रहेका विभिन्न १५ वटा कृषि फर्म तथा सहकारी संस्थालाई सो सामग्री वितरण गरिएको छ । जसमा वंगलाचुली गाउँपालिका वडा नम्वर ५ मा रहेका पहाडी कृषि सहकारी संस्था लिमीटेड,महिला वहुउद्देश्यि कृषि फर्म,लाँकुरी वहुउद्देश्यिय कृषिफर्म,केसी वहुउद्देश्यिय कृषि फर्म,लक्ष्मी वहुउद्देश्यिय कृषि फर्म,हाम्रो बहुउद्देशीय कृषि फर्म वडा नम्बर ५, नविन बहुउद्देशीय कृषि फर्म वडा नम्बर ५,वली बहुउद्देशीय कृषि तथा पशुपंछि फर्म वडा नम्बर ५,नमुना खर्क कृषि फर्म,र कुमार बहु उद्देशीय कृषि तथा पशुपंछि फर्म रहेका छन् ।
त्यसैगरी बंगलाचुली गाउँपालिका वडा नम्वर ४ मा रहेका सपना पशुपंक्षी कृषि फर्म र घिमिरे पशुपन्क्षी वहउद्देश्यिय कृषि फर्म यस्तै वडा नम्वर ८ मा रहेका पार्वती वहुउद्देश्यिय कृषि फर्म र कस्तुरी कृषि सहकारी संस्था लिमिटेडलाई हाते ट्याक्टर वितरण गरीएको छ ।
प्रति ट्याक्टर ६५ हजार मुल्य रहेको छ । जसमा कृषक समूहको ५० प्रतिशत अर्थात ३२ हजार ५ सय र बंगलाचुली गाउँपालिकाको ५० प्रतिशत अनुदान अर्थात प्रति ट्याक्टर ३२ हजार ५ सय गरी जम्मा ६५ हजार मुल्य मा एउटा ट्याक्टर खरीद गरीएको बंगलाचुली गाउँपालिका कृषि शाखा प्रमुख ज्ञानराज कँडेलले जानकरी दिनुभयो । यसैबीच दिदिबहिनि बहुउद्देशीय कृषि तथा पशुपन्छी फर्म लाई इलेक्ट्रोनिक स्प्रेयर समेत प्रदान गरिएको थियोे ।