राप्तीमा ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण

बुधबार, असार २५, २०८२

मसुरिया, २५ असार - दाङको राप्ती गाउँपालिकाले ‘ज्येष्ठ नागरिकसँग अध्यक्ष’ कार्यक्रम अन्तर्गत निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ।

बुधबार वडा नं. २ स्थित लालमटिया आधारभूत स्वास्थ्य केन्द्रमा आयोजित उक्त शिविरमा विशेषज्ञ सेवासहित निःशुल्क स्वास्थ्य परीक्षण सेवा प्रदान गरिएको थियो। स्वास्थ्य शाखा प्रमुख नारायण राउतका अनुसार शिविरमा २१ जना पुरुष र ३७ जना महिला गरी ५८ जना ज्येष्ठ नागरिकले स्वास्थ्य परीक्षण गराएका थिए।

६० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको शिविरमा ढाड, कम्मर, हातखुट्टाका जोर्नी दुख्ने, मधुमेह, उच्च रक्तचाप, दमजस्ता दीर्घरोगका बिरामीहरूले सेवा लिएका थिए। उनीहरूको स्वास्थ्य अवस्था अनुसार निःशुल्क औषधि वितरणसहित आवश्यक परामर्श पनि प्रदान गरिएको स्वास्थ्य शाखाले जनाएको छ।

हाडजोर्नी तथा नसा रोग विशेषज्ञ प्राेफेसर डाक्टर प्रकृतिराज कडेलका अनुसार, अधिकांश ज्येष्ठ नागरिकमा उमेरसँगै देखिने स्वास्थ्य समस्या देखिएका थिए।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका ज्येष्ठ नागरिकहरूका लागि गाउँमै विशेषज्ञसहितको सेवा पु¥याउने उद्देश्यले यो कार्यक्रम सुरु गरिएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “हाम्रा आमाबुबाजस्ता ज्येष्ठ नागरिकहरू जीवनका उत्तरार्द्धमा स्वास्थ्यको भरपर्दो हेरचाहबाट वञ्चित हुन नपराेस् भन्ने सोचका साथ गाउँपालिकाले यो पहल थालेको हो।"
उहाँले यो कार्यक्रम आगामी आर्थिक वर्षमा पनि निरन्तर सञ्चालन गरिने बताउनुभयो।WhatsApp-Image-2025-07-09-at-6.07.18-PM-1752068908.jpegस्वास्थ्य शाखा प्रमुख राउतले आगामी दिनमा ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षणलाई व्यवस्थित गर्दै नियमित परीक्षणको व्यवस्था गरिने बताउनुभयो ।

शिविरमा प्राेफेसर डाक्टर कडेलसहित गाउँपालिकाका स्वास्थ्य अधिकृत धनबहादुर बुढा क्षेत्री, जनस्वास्थ्य निरीक्षक पदमप्रसाद पौडेल, लालमटिया आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख रामा पौडेल, रीमा जिसी, लक्ष्मी श्रेष्ठ, पुनम कुमाल लगायतको टोलीले स्वास्थ्य सेवा प्रदान गर्नु 

प्रकाशित मिति: बुधबार, असार २५, २०८२  १९:३४
प्रतिक्रिया दिनुहोस्