दाङमा मोटरसाइकल र स्कार्पियो ठोक्किँदा एक जना घाइते

शुक्रबार, असार २७, २०८२

दाङ, २८ असार - दाङको तुलसीपुरमा स्कार्पियो र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक युवक गम्भीर घाइते भएका छन्। शुक्रबार बिहान साढे १० बजेतिर तुलसीपुर उपमहानगरपालिका–११ स्थित उरहरी चोकमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।

दुर्घटनामा तुलसीपुर–१३ फूलबारी निवासी २० वर्षीय दिपेश नेपाली गम्भीर घाइते भएका हुन्। उनी उरहरीस्थित आचार्य मोटरसाइकल वर्कसपमा मिस्त्रीको रूपमा कार्यरत रहेको प्रहरीले जनाएको छ।

रा ७ प ५५५९ नम्बरको मोटरसाइकल मर्मतपछि परीक्षण (टेस्ट ड्राइभ) गर्न निस्किएका बेला बा १८ च ३१३९ नम्बरको स्कार्पियोले ठक्कर दिएको हो। स्कार्पियो तुलसीपुरबाट अमेलिया जाँदै गरेको बताइएको छ।

दिपेश नेपालीको बाँया खुट्टा, ढाड र पेटमा गम्भीर चोट लागेको छ। उनलाई तत्काल उद्धार गरी राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारका लागि नेपालगन्ज पठाइएको छ।

दुर्घटनापछि स्कार्पियो र त्यसका चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ। साभार लाइभदाङ

प्रकाशित मिति: शुक्रबार, असार २७, २०८२  १६:२५
प्रतिक्रिया दिनुहोस्