बंगलाचुली गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

मंगलबार, असार ३१, २०८२

कमिरेचौर ३१  असार - दाङको बंगलाचुली गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ को तेस्रो चौमासिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ।कार्यक्रम आज बंगलाचुली गाउँपालिका वडा नं. ५ स्थित वडा कार्यालय मा सम्पन्न भएको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाको तेस्रो चौमासिक अवधिमा सम्पन्न योजनाहरू, खर्च विवरण, सेवा प्रवाह तथा आगामी योजनाहरूको विषयमा छलफल गरिएको थियो।

कार्यक्रम बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरको अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा नेकमा एमाले बंगलाचुली गाउँपार्टी कमिटिका उपाध्यक्ष दलबहादुर खत्री, पूर्व जनप्रतिनिधी पवित्रा घर्ती क्षेत्री,स्थानिय लाल बहादुर दमाई, प्रावि मसुरे विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वर बहादुर वली लगएतकाले गाउँपालिकाको सेवा प्रवाह,लगाएतका विभिन्न विषयमा जिज्ञाँसाहरु राखेका थिए । उक्त कार्यक्रममा वडाका  स्थानीय प्रतिनिधिहरू, समाजसेवी, शिक्षक तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले सेवा प्रवाहमा देखिएका समस्या, समाधानका उपायहरू र जनमुखी कार्यक्रम सञ्चालनको आवश्यकता औंल्याएका थिए।

कार्यक्रममा उठेका विभिन्न प्रश्नहरुको गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगर,उपाध्यक्ष भक्त बहादुर जिसी, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेल, आर्थिक प्रशासन शाखा प्रमुख नारायण प्रसाद आचार्य, वडा नम्वर ५ का अध्यक्ष लिला बहादुर घर्ती लगाएतले जवाफ दिनुभएको थियो । कार्यक्रममा बंगलाचुली गाउँपालिकाका विभिन्न शाखाका शाखा प्रमुखहरुको सहभागिता रहेको थियो ।518329240_1439622947229368_6930557106566787193_n-1752583879.jpg
 बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्कक्रमको सहजिकरण गाउँपालिकाका प्रशासन शाखा प्रमुख नुमाकान्त कालाथोकीले गर्नुभएको थियो । 517262491_1439623053896024_8988112056864429138_n-1752583943.jpgकार्यक्रम बंगलाचुली गाउँपालिका,गाउँ कार्यपालिकाको कार्यालय, कमिरेचौर, दाङको आयोजनामा सम्पन्न भएको हो। यस किसिमको सार्वजनिक सुनुवाइ कार्यक्रमले नागरिकलाई सूचनाको हक सुनिश्चित गर्नुका साथै स्थानीय सरकारप्रति जवाफदेहिताको भावना थप सुदृढ हुने विश्वास गरिएको छ।

518767681_1439622780562718_414458064276078248_n-1752583992.jpg

518968128_1439623320562664_341499905853217684_n-1752583992.jpg

518199040_1439623240562672_1815489982873411964_n-1752583997.jpg

518466158_1439623170562679_6499442274374549896_n-1752583999.jpg

520232648_1439623117229351_1226454169105202745_n-1752584002.jpg

518257792_1439623017229361_567002114781218548_n-1752584004.jpg

प्रकाशित मिति: मंगलबार, असार ३१, २०८२  १८:३८
प्रतिक्रिया दिनुहोस्