लमहीमा भुमि अधिकार सम्बन्धी अन्तरक्रिया तथा समिक्षा कार्यक्रम सम्पन्न

मंगलबार, असार ३१, २०८२

दाङ,३१ असार  - दाङकाे लमहीमा जग्गाधनि प्रमाण पुर्जा प्राप्तिका लागि सराेकार वालाहरूबविच अन्तरक्रिया तथा समिक्षा कार्यक्रम सम्पन्न भएकाे छ । भुमि कृषि कार्यक्रम (csrc) र लमहि नगरपालिकाकाे आयाेजनामा तथा UN Habitat  काे आर्थिक सहयाेगमा कार्यक्रम सम्पन्न भएकाे थियाे। लमहि नगरपालिका का प्रमुख जाेखराज चाैधरी काे अध्यक्षता तथा  भुमि समस्या  समाधान आयाेग दाङ का अध्यक्ष हुकुम बहादुर बस्नेतकाे प्रमुख आथित्यतामा , लमहि नगरपालिका , राप्ती गाउँपालिका , राजपुर गाउँपालिका , गडवा गाउँपालिका र तुल्सीपुर उपमहानगरपालिका गरि ५ स्थानिय तह र नापि कार्यालय लमहि , मालपाेत कार्यालय देउखुरी  काे  सहभागितामा कार्यक्रम भएकाे हाे ।
 
कार्यक्रममा सहभागी ४ स्थानीय तह लमहि, राप्ति , गडवा र राजपुर ले कार्ययाेजना समेत प्रस्तुत गरि हाल सम्म स्थानिय तहले गरेकाे काम ,  कार्य चुनाैति , सिकाई र भावि याेजनाहरू समेत प्रस्तुत गरेका थिए ।  

कार्यक्रमका प्रमुख अथिति बस्नेतले दाङकाे लमहीले पहिलाे पुर्जा वितरणकाे कार्य थालनि गरीसकेकाे र अब केही दिनमै गढवा गाउँपालिकामा  पनि पुर्जा वितरण गर्ने गरि आफ्नाे कामकाे थालनी गरेकाे भन्दै अन्य सवै स्थानिय तहले पनि छिट्टै भुमिहिन  दलित, भुमहिन सुकम्बासिहरू लाई जग्गाकाे धनी बनाउने कुरामा स्थानिय सरकारले जाेड गर्नुपर्ने वताउदै आफ्नाे काम लाई तिब्रताका साथ अघि वढ्न आग्रह गर्नभएकाे थियाे । साथै ४ स्थनिय तहले   आफ्नाे प्रस्तुतिकरण गर्दै गर्दा उठेकाे चुनाैतिकाे  जबाफ लाई सम्बाेधन गर्दै अध्यक्ष वस्नेतले देउखुरी मा रहेका प्राय स्थानिय तहमा बसाेवास गर्ने भुमिहिन दलित र भुमिहिन सुकुम्बासीहरू काे बसाेबास बन क्षेत्र अधिकार भित्र रहेता पनि बसाेबास सवै क्षेत्र काे नाप गर्न निर्देशित गर्दै बन ऐन संसाेधन हुने कुरा निश्चित रहेकाले पछि काम गर्न सहज हुने समेत वताउनु भयाे । 

कार्यक्रममा भुमि समस्या समाधान आयाेगका सदस्य सचिव पुरन चाैधरी ,  गढवा गाउँपालिका अध्यक्ष यम नारायण शर्मा , तुल्सीपुर उप-महानगरपालिकाका उपप्रमुख स्यानि चाैधरी , लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी याेगी , राप्ती गाउँपालिका उपप्रमुख कमलापति चाैधरी , गढवा गाउँपालिका उपप्रमुख सारदा चाैधरी ,राजपुरका गाउँपालिका  उपप्रमुख धनपतिदेवि यादव र मालपाेत कार्यालय देउखुरी  प्रमुख राम प्रसाद खनालले मन्तब्य ब्यक्त गर्नुभएकाे थियाे । भने , UN Habitat का दाङ जिल्ला  प्रतिनिधि  बन्दना शिह ले नेपाल सरका र UN Habitat विच नेपालमा भुमि सम्वन्धि कार्य विच काे बारेमा प्रस्ट पार्नुभएकाे थियाे । 

csrc दाङ का कार्यक्रम सयाेजक रेमन्त चाैधरी , नापि कार्यालय लमहिका टाेलि प्रमुखहरू ४ स्थानिय तहका भुमि शाखा प्रमुख   कर्मचारीहरू काे सहभागितामा csrc दाङ का कार्यक्रम अधिकृत जुगमानि चाैधरीकाे स्वागत मन्तब्य बाट सुरू भएकाे कार्यक्रम काे सहजिकरण csrc दाङ का कार्यक्रम अधिकृत गाेपाल बि कले गर्नु भएकाे  थियाे ।
 

प्रकाशित मिति: मंगलबार, असार ३१, २०८२  २०:४७
प्रतिक्रिया दिनुहोस्