धारपानीमा सञ्चालन हुने शिवपुराण तथा श्रींगारिक महाआरतिकाे तयारी पुरा,प्रमुख जिल्ला अधिकारीले उद्घाटन गर्ने

बुधबार, असार ३२, २०८२

दाङ,३२ असार - दाङकाे प्रशिद्ध धार्मिक स्थल पाण्डवेश्वर महादेव मन्दिर धारपानीमा सञ्चालन हुने शिवपुराण तथा श्रींगारिक महाआरतिकाे तयारी पुरा भएको  छ । मन्दिर व्यवस्थापन समितिका अनुसार महाआरतिका लागि आवश्यक निमन्त्रणा गर्ने,भक्तजन वस्नका लागि मञ्च व्यवस्थापन,सरसफाइ गर्ने,ट्राफिक व्यवस्थापन,प्रचारप्रसार लगायत काम सम्पन्न भएकाे छ । 642aea13-3e86-42cf-b906-1b3c9ef8c201-1752682842.jpeg
भाेली दिउसाे ३ बजे दाङका प्रमुख जिल्ला अधिकारीले श्रींगारिक महाआरतिकाे उद्घाटन गर्ने मन्दिर व्यवस्थापन समितिका सचिव विष्णुराम आचार्यले जानकारी दिनुभयाे ।

साउन १ गतेदेखि ३१ गते सम्म  चल्ने शिवपुराण तथा श्रींगारिक महाआरतिमा बिहान ४ बजेदेखि ७ बजे सम्म नित्य पुँजा,बिहान ७ बजेदेखि १० बजे सम्म बिशेष पुँजा,११ बजेदेखि ४ बजे सम्म प्रवचन,लाेकभजन प्रतियोगिता,बेलुकी ७ बजेदेखि ८ बजे सम्म नित्य आरति,८ बजेदेखि ९ बजे सम्म श्रींगारिक आरति र राति ९ बजेदेखि साडे १० बजे सम्म प्रवचन,झाँकी प्रस्तुत हुनेछ । भने जिल्ला स्तरीय लाेकभजन प्रतियाेगिता समेत सञ्चालन गरिनेछ प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार,दाेस्राे हुनेलाई १० हजार र तेस्राे हुनेलाई ५ हजार रूपैया प्रदान गरिनेछ । प्रतियोगितामा सहभागी हुन साउन २ गतेदेखि टिम दर्ता गराउन सकिनेछ । लाेकभजनलाई सम्वर्धन र संरक्षण गर्नका लागि साे प्रतियोगिता सञ्चालन गर्न थालिएकाे आचार्यले जानकारी दिनुभयाे ।

 महाआरतिमा रूद्राभिषेक,लघु रूद्रि,लक्ष्यवर्तिका,चारासी पुजा,जन्मदिन,गृहपुजा,नाग पूजा,ब्राह्मण भाेजन,प्रसाद वितरण,ब्रतबन्ध,चूडाकर्म लगायतका कार्य समेत गरनेछ ।
ac2cb196-22f2-43c0-b2a1-1a206b4def36-1752682885.jpeg
 

प्रकाशित मिति: बुधबार, असार ३२, २०८२  २२:०७
प्रतिक्रिया दिनुहोस्