सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
दाङ,१ साउन - दाङको गढवा गाउँपालिका वडा नं. ४ का ४४ वर्षीय मोहम्मदजालीम मुसलमानलाई राँगा भैसी खरिद गरी पैसा नतिरी ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार उनले २०८१ साल असार १ गते गढवा–४ का तेजराम यादवसहित तीन जनाबाट रु २ लाख ६० हजार बराबरको राँगा भैसी उधारोमा खरिद गरेका थिए, तर खरिदपछिको लामो समयसम्म पैसा नदिएपछि पीडितहरूले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए।
प्राप्त उजुरीको आधारमा दाङ जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय गढवाको संयुक्त टोलीले २०७८ साल असार ३० गते मोहम्मदजालीम मुसलमानलाई पक्राउ गरेको हो।
अनुसन्धानका क्रममा आरोपितले पीडितलाई पटक–पटक झुक्याएर रकम नदिएको स्वीकारेका छन्। साथै, उनले यसअघि पनि यस्तै तरिकाले अन्य व्यक्तिहरूसँग ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मोहम्मदजालीम मुसलमानविरुद्ध आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ र उनलाई जिल्ला प्रहरी कार्यालय घोराहीमा राखी थप अनुसन्धान भइरहेको छ।