धारपानीमा सञ्चालन हुने शिवपुराण तथा श्रींगारिक महाआरतिकाे सुरू

बिहीबार, साउन १, २०८२

दाङ,१ साउन - दाङकाे प्रशिद्ध धार्मिक स्थल पाण्डवेश्वर महादेव मन्दिर धारपानीमा आजदेखि शिवपुराण तथा श्रींगारिक महाआरति सुरू भएको   छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश कुमार अधिकारीकाे अध्यक्षता तथा दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालकाे प्रमुख आतिथ्यमा महाआरति सुरू भएकाे हाे । 933165b6-d726-4edd-b016-31b1a748ff3c-1752764996.jpeg

साउन ३१ गते सम्मचल्ने शिवपुरान तथा श्रींगारिक महाआरतिकाे मुख्य कथावाचककाे रूपमा भाष्कराचार्य पदक बिभूषित पण्डित विष्णु बल्लभाचार्य र उप बाचकमा पाण्डव ब्रहाचारी रहनुभएकाे छ। मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष शंकर गाैतमकाे स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा बाेल्ने बक्ताहरूले हिन्दु धर्मकाे रक्षा र मन्दिरको प्रचारका लागि प्रत्येक बर्ष हुने गरेकाे श्रींगारिक महाआरतिले पाण्डवेश्वर मन्दिरकाे महत्त्व बढाउदै लगेकाे बताएका छन् ।

 कार्यक्रममा बाेल्दै प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले पछिल्लो समयमा दाङमा धार्मिक जागरण निकै बढेकाे भन्दै याे श्रींगारिक महाआरतिले पनि धार्मिक विकास र प्रचारप्रसारमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयाे । साे अवसरमा कथाबाचक भाष्कराचार्य पदक बिभूषित पण्डित विष्णु बल्लभाचार्य,घाेराही खानेपानी तथा सरसफाइ संस्थाका उपाध्यक्ष भरतमणी पाण्डे,घाेराही उपमहानगरपालिका पर्यटन तथा संस्कृति विज्ञ सुन्दर गाैतम,मन्दिर व्यवस्थापन समितिका पूर्व सल्लाहकार एकराज शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयाे ।

 कार्यक्रमकाे सञ्चालन मन्दिर व्यवस्थापन समितिका सचिव विष्णुराम आचार्यले गर्नुभएको थियाे । शिवपुराण तथा श्रींगारिक महाआरतिमा बिहान ४ बजेदेखि ७ बजे सम्म नित्य पुँजा,बिहान ७ बजेदेखि १० बजे सम्म बिशेष पुँजा,११ बजेदेखि ४ बजे सम्म प्रवचन,लाेकभजन प्रतियोगिता,बेलुकी ७ बजेदेखि ८ बजे सम्म नित्य आरति,८ बजेदेखि ९ बजे सम्म श्रींगारिक आरति र राति ९ बजेदेखि साडे १० बजे सम्म प्रवचन,झाँकी प्रस्तुत हुनेछ । भने जिल्ला स्तरीय लाेकभजन प्रतियाेगिता,दैनिक १०८ वरपिपलमा जलअभिषेक,कराेड दिप प्रज्वलन  समेत सञ्चालन गरिनेछ प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार,दाेस्राे हुनेलाई १० हजार र तेस्राे हुनेलाई ५ हजार रूपैया प्रदान गरिनेछ । 

लाेकभजन प्रतियोगितामा सहभागी हुन साउन २ गतेदेखि टिम दर्ता गराउन सकिनेछ । लाेकभजनलाई सम्वर्धन र संरक्षण गर्नका लागि साे प्रतियोगिता सञ्चालन गर्न थालिएकाे आचार्यले जानकारी दिनुभयाे । महाआरतिमा रूद्राभिषेक,लघु रूद्रि,लक्ष्यवर्तिका,चारासी पुजा,जन्मदिन,गृहपुजा,नाग पूजा,ब्राह्मण भाेजन,प्रसाद वितरण,ब्रतबन्ध,चूडाकर्म लगायतका कार्य समेत गरनेछ ।

6907df3b-f4c9-45fe-b923-c561ca2105f9-1752765069.jpeg

ed124683-9efc-4164-a7c9-60ba38ffaf00-1752765067.jpeg

6907df3b-f4c9-45fe-b923-c561ca2105f9-(1)-1752765064.jpeg

39fb317c-f983-4bf1-bbdc-caf24eb92f0f-1752765066.jpeg

ce11df2c-5754-43cd-a309-470e4833b323-1752765063.jpeg

933165b6-d726-4edd-b016-31b1a748ff3c-1752764996.jpeg

6907df3b-f4c9-45fe-b923-c561ca2105f9-(1)-1752764941.jpeg

ed124683-9efc-4164-a7c9-60ba38ffaf00-1752764870.jpeg

प्रकाशित मिति: बिहीबार, साउन १, २०८२  २०:५९
प्रतिक्रिया दिनुहोस्