दाङकाे बंगलाचुलीमा श्रीमानद्वारा श्रीमतीको हत्या

शुक्रबार, साउन २, २०८२

दाङ - दाङकाे बंगलाचुली गाउँपालिका–४ जुम्लेपानीमा मादक पदार्थ सेवनपछि भएको घरायसी झगडाले ज्यान लिने घटनामा परिणत भएको छ। जागेश्वर पुनले आफ्नै श्रीमती ५० वर्षीया गोमा पुनको लठ्ठी प्रहार गरी हत्या गरेका हुन्।

प्रहरीका अनुसार हिजो राति करिब १० बजे घरायसी विवाद चर्किँदा जागेश्वरले लठ्ठीले हानेर गोमाको हत्या गरेका थिए। प्रारम्भिक अनुसन्धानले उनीहरूबीच लामो समयदेखि घरेलु झगडा हुँदै आएको र पछिल्लो समय मादक पदार्थ सेवनपछि झगडा झन् बढेको देखाएको छ।


“श्रीमान लामो समयदेखि मादक पदार्थ सेवन गर्थे, दुवैबीच सधैं झगडा भइरहन्थ्यो,” एक स्थानीयले बताएका छन्।

घटनापछि प्रहरी चौकी कमिरेचौरबाट खटिएको टोलीले ३८ वर्षीय श्रीमान जागेश्वर पुनलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

प्रहरीले घटनाबारे थप विवरण संकलन गरिरहेको छ।

प्रकाशित मिति: शुक्रबार, साउन २, २०८२  १६:२८
प्रतिक्रिया दिनुहोस्