Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

राप्ती आधारभूत अस्पतालमा दुई एमडी जिपी डाक्टर थप : नियमित सेवा अझ प्रभावकारी हुने अपेक्षा  

शनिबार, साउन ३, २०८२

मसुरिया, ३ साउन - दाङको राप्ती गाउँपालिका–५ स्थित राप्ती आधारभूत अस्पताल कालापानीमा दुई जना एमडी जिपी डाक्टर थपिएका छन्।

नि:शुल्क छात्रवृत्ति कोटाबाट एमडी तहको अध्ययन पूरा गरी सरकारी सेवामा आएका डा. हरि पाण्डे र डा. सुशील केसी अस्पतालमा कार्यरत भएका हुन्।

उहाँहरूलाई एक कार्यक्रमकाकाे आयोजना गरि राप्ती गाउँपालिका कार्यपालिकाद्वारा  स्वागत गरिएको छ।

स्वागत कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्ष कमलापति चौधरी, प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकलगायतले टीका र फूलमाला अर्पण गर्दै स्वागत गर्नुभयो।WhatsApp-Image-2025-07-18-at-10.31.21-PM-1752902658.jpegकार्यक्रममा अध्यक्ष विष्टले गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने लक्ष्यमा नयाँ चिकित्सकहरूको आगमनले थप सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो। अब स्थानीयले विशेषज्ञ सेवा सहज रूपमा गाउँमै प्राप्त गर्न सक्ने उहाँको भनाइ थियो।

नयाँ चिकित्सकको आगमनसँगै अस्पतालले हाल सञ्चालित नियमित सेवासहित विशेषज्ञ जाँच, आकस्मिक सेवा र परामर्श सेवा अझ प्रभावकारी हुने जनाएको छ।

डा. पाण्डे र डा. केसी दुवैले आफूहरू गाउँमा सेवा दिन पाएकोमा गर्वको अनुभूति भएको बताउँदै, समर्पित भावनाका साथ सेवा दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

प्रकाशित मिति: शनिबार, साउन ३, २०८२  ११:१२
प्रतिक्रिया दिनुहोस्