सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
दाङ, ३ साउन - अज्ञात समुहद्धारा हत्या गरिएका सञ्चार उद्यमी देविप्रशाद धिताल (हेमराज) हत्यारा पहिचान गरि कारबाहीको माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको छ ।
शनिबार बुझाइएको ज्ञापन पत्रमा भाइ पुष्कर धितालले आफ्नो दाजु हेमराजको हत्या भएको १५ बर्ष बितिसक्दापनि हालसम्म प्रहरीले हत्यारा पत्ता लगाउन र हत्याको कारण स्पष्ट भन्न नसकेको हुँदा परिवार त्रासमा बाँच्नु परेको उल्लेख गरेका छन् ।
हेमराज माथि हतियार धारी समुहले हालको तुलसीपुर उपमहानगरपालिका – १२ जस्पुरको प्रहरी चौकी भन्दा झन्डै पाँच सय मिटर उत्तरमा २०६७ साल साउन ६ गते बेलुकी सवा ७ बजेतिर लखेटी लखेटी गोली प्रहार गरेका थिए । तत्काल तुलसीपुर पुर्याउँदा चिकित्कसले उनलाई मृत घोषणा गरेका थिए ।
मोटरसाइकलमा राप्ती राजमार्ग हुँदै तुलसीपुरस्थित घर तर्फ आइ रहेका हेमराजलाई बाटो ढुकेर बसेको हतियार धारी एक समुहले संसाँझै उनीमाथि गोली प्रहार गरेको थियो ।
दाङको रेडियो तुलसीपुर सञ्चालक समितिका तत्कालिन अध्यक्ष हेमराज तत्कालिन राप्ती अञ्चल सार्वजनिक बस ब्यबसायीसमिति लगाएत दर्जन जति बिभिन्न सामाजिक संघ संस्थामा आवद्ध हुनु भएकाे थियाे ।
तत्कालिन समय नेपाली काँग्रेसको अधिवेशन चलिरहँदा पार्टी भित्र आन्तरिक निर्वाचनमा साबिक उरहरी गाविसबाट उम्मेदवारी दिने सोचका साथ आफ्नै उरहरी गाविसका काँग्रेसका नेता कार्यकर्तालाई भेटेर फर्किने क्रममा उनको हत्या भएको थियो ।
रेडियो तुलसीपुरका संस्थापक स्टेसन म्यानेजर (हालसम्मपनि) तथा सामुदायिक रेडियो प्रशारक संघका अध्यक्ष अर्जुन गिरी र तुलसीपुरका पत्रकार गणेश आचार्यले परिवारको तर्फबाट गृहमन्त्री रमेश लेखकलाई भेटेर ज्ञापन पत्र बुझाउनु भएकाे छ ।
त्यसक्रममा गृहमन्त्री लेखकले आँफुले त्यसबारे बुझ्ने र प्रहरी प्रमुखलाई तत्काल धितालको हत्याबारे पहिचान भइ सकेको भए आरोपितलाई पक्राउ गर्न निर्देशन दिने आश्वासन दिएको अध्यक्ष गिरीले बताउनुभयाे ।