सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
दाङ, ३ साउन - दाङको देउखुरीमा मोटरसाइकल दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ । मृत्युु हुनेमा मोटरसाइकल चालक राप्ती गाउँपालिका–३ मसुरियाका ४३ वर्षीय खिमबहादुर पुन रहेको प्रहरीले जानकारी दिएको छ ।
शुक्रबार साँझ करिब ७ बजेको समयमा महदेवादेखि सिसहनियाँतर्फ जाँदै गरेको रा २ प ६२६१ नम्बरको मोटरसाइकल राप्ती पुलको रेलिङमा अनियन्त्रित भई ठोक्किएर दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका पुनको लमही अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका हुन् ।
मृतक पुनको टाउकोमा गम्भीर चोट लागेको थियो । शवलाई परीक्षणका लागि लमही अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । साचार लाइभदाङ