निःशुल्क स्वास्थ्य शिविरबाट दुई सय भन्दा बढीले लिए सेवा 

शनिबार, साउन ३, २०८२
राप्ती गाउँपालिका दशैतिहार शुभकामना सन्देश

तुलसीपुर,३ साउन - तुलसीपुर उपमहानगरपालिका वडा नं ५ स्थित बसपार्कमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। परियार जागरण समाज तुलसीपुर, दाङको आयोजना तथा प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ नेपाल  तुलसीपुर दाङको सहयोगमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो। 

गढवा गाउँपालिका दशैतिहार शुभकामना सन्देश

निःशुल्क स्वास्थ्य शिविरमा २०० भन्दा बढीलाई सेवा दिएको आयोजकले जनाएको छ। जेष्ठ नागरिकदेखि बालबालिकासम्मले जाँच तथा परामर्श सेवा लिएको डा. उज्ज्वल मण्डल र डा. हस्नु राइनले बताउनुभयो। सुगर, प्रेसर लगायत अन्य रोगहरूको जाँच गरिएको थियो । 

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका पूर्व अर्थमन्त्री माननीय धनबहादुर मास्कीले यस्ता शिविरले नागरिकको स्वास्थ्यप्रति सचेतना वृद्धि गर्नुका साथै प्रारम्भिक परीक्षणको माध्यमबाट गम्भीर रोगहरूको समयमै पहिचान गर्न सघाउने बताउनुभयो। उहाँले भन्नुभयो" स्वास्थ्य सेवा जनताको आधारभूत आवश्यकता हो। निःशुल्क स्वास्थ्य शिविर जस्ता कार्यक्रमहरूले गाउँघरका आम नागरिकलाई सुलभ रुपमा सेवा प्रदान गर्न ठूलो मद्दत गर्छ। विशेष गरी गरिब, विपन्न, वृद्धवृद्धा र ग्रामीण क्षेत्रमा बसोबास गर्ने जनताको पहुँचमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउनु आजको आवश्यकता भएको बताउनुभयो। 

वाइसीएल नेपालका केन्द्रीय उपमहासचिव वीरेन्द्र विकले निःशुल्क स्वास्थ्य शिविरले साधन र स्रोतको अभावमा उपचारबाट वञ्चित रहेका नागरिकहरूलाई ठूलो राहत मिल्ने बताउनुभयो। प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ नेपाल  तुलसीपुर दाङका अध्यक्ष जीवन खड्काले आगामी दिनमा पनि यस्तै कामहरू गर्दै जाने बताउनुभयो । 

कार्यक्रमको बारेमा संस्थाका सल्लाहकार लिलाधर नेपालीले प्रकाश पार्नुभएको थियो। परियार जागरण समाज तुलसीपुर, दाङका अध्यक्ष सुरेन्द्र परियारको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण संस्थाका सचिव मेघराज परियारले गर्नुभएको थियो।
 

प्रकाशित मिति: शनिबार, साउन ३, २०८२  २१:५३
प्रतिक्रिया दिनुहोस्