Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

राप्तीमा रहेको ऐतिहासिक गढीको स्थलगत अवलोकन

बिहीबार, साउन १५, २०८२

सिसहनियाँ, १५ साउन - दाङको राप्ती गाउँपालिका–९ मा अवस्थित ऐतिहासिक गढीको बुधबार स्थलगत अवलोकन गरिएको छ।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, १९ नम्बर बाहिनी अड्डा तुलसीपुरका बाहिनीपति पदमबहादुर बुढा, डिभिजन वन कार्यालय लमहीका प्रमुख महेन्द्रराज वाग्ले लगायतको टोलीले गढीथुम्काको अवलोकन गर्नु भएको हाे।WhatsApp-Image-2025-07-31-at-5.44.03-AM-(1)-1753965837.jpegगढीको मर्मत सम्भार नेपाली सेनाले गर्ने उद्देश्यले उक्त अवलोकन गरिएको बताइएको छ। बाहिनीपति बुढाले नेपाली सेनाले ऐतिहासिक गढी तथा किल्लाहरूको संरक्षण, जगेर्ना र पहिचान गर्ने नीति अन्तर्गत राप्तीको गढीथुम्कालाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले गढीथुम्काको ऐतिहासिक, सांस्कृतिक तथा पर्यटकीय महत्व रहेको उल्लेख गर्दै यसलाई संरक्षण गरी पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने योजना रहेको बताउनुभयो।

स्थानीय चित्रबहादुर थापा मगरका अनुसार गढीथुम्कामा रहेका ढुङ्गाका पुराना पर्खाल,विभिन्न प्रयाेजनका लागि  ढुङ्गामा बनाएको प्वाल, सेनाले पिटी परेड गर्ने ठाउँ र पानी पिउने पधेरो अझै अस्तित्वमा छन्। उहाँले यस्ता संरचनाको संरक्षणले गढीथुम्काको गौरवपूर्ण इतिहास उजागर गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

प्रकाशित मिति: बिहीबार, साउन १५, २०८२  १८:२९
प्रतिक्रिया दिनुहोस्
समाचार