कलश बचत तथा ऋण सहकारीको सहकारी शिक्षा कार्यक्रम सम्पन्न

शनिबार, साउन १७, २०८२

दाङ,१७ साउन - दाङकाे घाेराही उप महानगरपालिका वडा नम्बर १५ स्थित कलश बचत तथा ऋण सहकारी संस्थाले ग्रामिण स्तरमा सहकारी शिक्षा तालिम  दिएकाे छ । नियमित मासिक कार्यक्रम अन्तरगत शिक्षा उपसमितिकाे आयाेजना घाेराही ४ स्थित पालुथान टाेल विकास संस्थामा सहकारी सम्वन्धि अन्तरक्रिया तथा सहकारी शिक्षा कार्यक्रम भएको हाे ।

 शिक्षा उपसमितिका सदस्य खिमराज खनालकाे अध्यक्षता तथा कलश बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष चन्द्रावति भण्डारीकाे प्रमुख आतिथ्यमा तालिम भएको हाे । तालिममा संस्थाकाे बचत तथा ऋणका सम्वन्धमा व्यवस्थापक प्रकाश अधिकारी र सहकारी बजारका सम्वन्धमा बजार परियाेजना प्रमुख कमल थपलियाले जानकारी दिनुभएको थियाे ।

 साे अवसरमा बाेल्ने बक्ताहरूले नागरिकको जिवन स्तर सुधार गर्नमा सहकारीले महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले सवै जना सहकारीमा जाेडिनुपर्ने कुरामा जाेड दिएका छन् । कार्यक्रममा बाेल्दै कलशका उपाध्यक्ष चन्द्रावति भण्डारीले कलश सहकारीले बचतमा आकर्षक र ऋणमा न्यूतम व्याजदरकाे व्यस्था गरेकाे भन्दै सवैलाई कलशमा आवद्ध हुन अनुराेध गर्नुभयाे ।

 सस्थाका सञ्चालक समिति सदस्य तथा ऋण समितिका संयाेजक इश्वरी प्रसाद आचार्यकाे स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रममा पालुथान टाेल विकास संस्थाका अध्यक्ष  दाेमाकान्त शर्मा,पालु सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष मछिन्द्र कुमार शर्मा,सेयर सदस्यहरू दिलिप पन्थि,शाेभाकर पन्थि लगायतले बाेल्नुभएकाे थियाे । कार्यक्रमकाे सञ्चालन संस्थाका सचिव विमल याेगीले गर्नुभएको थियाे ।e92aed6a-ed0f-47cf-96fd-b3cef5b637cf-1754136284.jpeg

प्रकाशित मिति: शनिबार, साउन १७, २०८२  १७:५१
प्रतिक्रिया दिनुहोस्