दाङको भालुवाङमा सडक दुर्घटना न्यूनीकरण सम्बन्धि संदेशमुलक सडक नाटक प्रदर्शन

आइतबार, साउन १८, २०८२

दाङ १८ साउन - दाङको लमही– भालुवाङ सडक खण्डमा भइरहने  दुर्घटनाका विषयमा संदेश दिन सडक नाटक प्रदर्शन गरिएको  छ । 
इलाका प्रहरी कार्यालय भालुवाङ र अस्थायी ट्राफिक प्रहरी पोष्ट भालुवाङको सहकार्यमा आशाका किरण संस्थाले  बढ्दो सडक दुर्घटना न्यूनीकरण गर्नका लागि शनिबार राप्ती गाउँपालिका–१ भालुवाङ पुल्चोकमा सडक दुर्घटना न्युनीकरणका लागि ट्राफिक सचेतनामुलक सडक नाटक प्रस्तुत गरेको हो ।

सडक नाटकमा दुर्घटना पश्चात हुने विभत्स घटनालाई सांकेतिक रुपमा प्रस्तुत गर्दै दुई युवा मोटरसाइकल दुर्घटनामा परेर रगताम्य भै सडकमा छटपटाइरहेको नमूना दृश्य देखाइएको थियो ।  आशाका किरण संस्थाका अध्यक्ष अशोक बेल्वासेले जनतामा चेतनाको कमी हुँदा र सम्बन्धीत निकायहरुले दुर्घटना न्युनीकरण समबन्धमा योजनाबद्ध रुपमा काम नगर्दा सडक दुर्घटना बढ्दै गएको बताएका छन् । अस्थायी ट्राफिक प्रहरी पोष्ट भालुवाङका प्रमुख प्रहरी वरिष्ठ नायव निरिक्षक ईश्वरीप्रसाद देवकोटाले ट्राफिक नियमको पालना नगर्दा तथा आफ्नै लापरबाहीले दुर्घटना हुने गरेको बताउनु भयो ।

सडक नाटकमा आशाका किरण संस्थाका अध्यक्ष अशोक बेल्वासे, सचिव थमन राना, सल्लाहकार छविलाल कडेल, सदस्यहरू ममता गिरी, सिर्जना खड्का, पवित्रा विश्वकर्मा, लक्ष्मी पोख्रेल र ऋषि पौडेल, राजु सुनाम लगायतले अभिनय गरेका थिए ।
कृषि समितिको प्रथम साधारणसभा तथा अधिवेशन सम्पन्न ः अध्यक्षमा प्रेमलाल चौधरी सर्वसम्मत चयन


 

प्रकाशित मिति: आइतबार, साउन १८, २०८२  ०६:४३
प्रतिक्रिया दिनुहोस्