घोराही उपमहानगरपालिकाद्वारा कक्षा ११ मा निःशुल्क छात्रवृत्तिका लागि उत्कृष्ट विद्यार्थी छनोट

सोमबार, साउन १९, २०८२

दाङ,१९ साउन – दाङकाे घोराही उपमहानगरपालिकाले आफ्ना क्षेत्रभित्र सञ्चालित संस्थागत विद्यालयहरूमा कक्षा ११ मा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि निःशुल्क छात्रवृत्तिको अवसर उपलब्ध गराउने क्रममा उत्कृष्ट विद्यार्थीको छनोट गरी नतिजा सार्वजनिक गरेकाे छ।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

नगर कार्यपालिकाको कार्यालयद्वारा जारी सूचनाअनुसार, २०७८/०५/१२ गते प्रकाशित सूचना आधारमा प्राप्त निवेदनहरूको प्रारम्भिक छानबिनपछि नगरस्तरीय छात्रवृत्ति व्यवस्थापन समितिको सिफारिसमा योग्य विद्यार्थीहरूलाई छात्रवृत्तिका लागि सिफारिस गरिने निर्णय भएको हो। समितिको बैठक मिति २०७८/०५/१५ मा बसेको थियो।

यस छात्रवृत्ति कार्यक्रम अन्तर्गत आर्थिक तथा शैक्षिक रुपमा योग्य विद्यार्थीहरूले घोराही क्षेत्रका निजी विद्यालयहरूमा निःशुल्क रुपमा कक्षा ११ मा अध्ययन गर्ने अवसर पाउने छन्।

सम्बन्धित सबै विद्यालयहरूलाई आवश्यक प्रक्रिया तथा नीतिअनुसार कार्यान्वयन गर्न उपमहानगरपालिकाले आग्रह गरेको छ।  प्रकाशित सूचनामा यस प्रकारकाे विवरण रहेकाे छ ।528027394_24908750668728710_5835970576919455012_n-1754270581.jpg

प्रकाशित मिति: सोमबार, साउन १९, २०८२  ०७:०८
प्रतिक्रिया दिनुहोस्
समाचार