बंगलाचुलीमा योगदानमा आधारित सामाजिक सुरक्षा कोष सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न 

मंगलबार, साउन २०, २०८२

 कमिरेचौर २० साउन - दाङको बंगलाचुली गाउँपालिकामा योगदानमा आधारित सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण  कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना आज पालिकाकै सभाहलमा सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण  कार्यक्रम सम्पन्न हो । 

बंगलाचुली गाउँपालिकाका अध्यक्ष तुल्सीराम पुनले सामाजिक सुरक्षा कोषमा गाउँपालिका प्रवेश गरिसकेको र यसलाई व्यवस्थितरुपमा लैजान पालिकाले कार्यविधि बनाएरै अगाडि बढ्ने बताउनुभयो । उहाँले औपचारिकसँगै अनौपचारिक क्षेत्रका किसानलाई समेत सामाजिक सुरक्षा कोषमा जोड्ने बताउनुभयो ।  पालिकाभित्र रहेका सबै संघ/संस्थाहरूलाई सामाजिक सुरक्षा कोषमा जोडिन आह्वान गर्ने र सबैलाई कोषमा आवद्ध गराउने उहाँको जोड थियो । 528227306_1455665952291734_6528402920460847205_n-(1)-1754398349.jpg

कार्यक्रममा  गाउँपालिका उपाध्यक्ष भक्तबहादुर जिसीले यो सामाजिक सुरक्षा कोषमा  निकै राम्रो र आकर्षक रहेको भन्दै यश विषयमा पालिकाले ठोस निर्णय गरेर अगाडि बढ्ने बताउनुभयो । उहाँले औपचारिक क्षेत्रमा मात्र नभएर अनौपचारिक क्षेत्रका नागरिकलाई पनि जोड्न जरुरी रहेको समेत बताउनुभयो ।
 
त्यस्तै कार्यक्रममा सामाजिक सुरक्षा कोष बुटवल शाखाका कार्यालय प्रमुख केदार पौडेलले  सामाजिक सुरक्षा कोषको बारेमा जानकारी दिँदै  नागरिकको जीवनमा आइपर्ने जोखिम न्यूनीकरण गर्ने र स्वास्थ्यमा सरल पहुँच र  आयमा निरन्तरता दिने उद्देश्यले योगदान आधारित समाजिक सुरक्षा कोषको अवधारणा अगाडि बढेको बताउनुभयो ।  उहाँले २०७४ सालमा कोषसम्बन्धी नीति बनेको र  यो योजनाको सुरुवात २०७६ श्रावण १ गतेदेखि लागू भएको  बताउनुभयो ।  यो कोष विशेष गरेर औपचारिक,  स्वरोजगार, अनौपचारिक र वैदेशिक रोजगारी गरी चार वटा योजना काम गरिरहेको उहाँले जानकारी दिनुभयो  ।  यो कोषमा जोडिएमा कर्मचारीको मासिक तलबबाट ११ प्रतिशत  र रोजगारदाताकोतर्फबाट २० प्रतिशत गरी जम्मा ३१ प्रतिशत रकम जम्मा गर्नुपर्ने प्रवधान रहेको उहाँको भनाइ थियो । 

कार्यालय प्रमुख पौडेलका अनुसार यो योजनामा आवद्ध भएका कर्मचारीले औषधि उपचार, स्वास्थ्य र मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा योजना,  आश्रीत परिवार सुरक्षा योजना, वृद्धावस्था सुरक्षा योजना पाउनेछन्  । हालसम्म यो कोषमा  २४ लाख १८ हजार जना जोडिएका छ्न् । 527767813_1455666488958347_2221247095001821603_n-1754398307.jpg

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेलको स्वागत मन्तव्यबाट सुरुभएको  भएको कार्यक्रममा  गाउँपालिकाका प्रवक्ता तथा वडा नं ३ वडा अध्यक्ष शोभाराज विश्वकर्मा,  वडा नं २ का अध्यक्ष मैते पुन, कार्यपालिका सदस्यहरु, पालिकाअन्तर्गतका शाखा प्रमुख तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।528546204_1455666455625017_6673708943360880555_n-1754398252.jpg

 
बंगलाचुली गाउँपालिकाका अध्यक्ष तुल्सीराम पुनको अध्यक्षतामा भएकोमा कार्यक्रम भएको कार्यक्रमको सञ्चालन प्रशासन शाखा प्रमुख नुमाकान्त कालाथोकीले गर्नुभएको थियो ।

प्रकाशित मिति: मंगलबार, साउन २०, २०८२  १८:३८
प्रतिक्रिया दिनुहोस्