Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

महिला सशक्तीकरणका लागि सीपमूलक तालिम आवश्यक : अध्यक्ष विष्ट

मंगलबार, साउन २०, २०८२

भालुवाङ, २० साउन - दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले महिला सशक्तीकरणको प्रमुख आधार सीपमूलक तालिम भएको बताउनुभएको छ।

थारु कल्याणकारी सभा क्षेत्रीय समिति देउखुरीले मंगलबार राप्ती गाउँपालिका–८ पिपरीमा आयोजना गरेको चारमहिने महिला सीपमूलक कटाइ–सिलाइ एडभान्स तालिम तथा आधारभूत कम्प्युटर शिक्षा सम्बन्धी पुस्तक विमोचन कार्यक्रममा अध्यक्ष विष्टले महिलाले आत्मनिर्भर बन्न सीप आर्जन गर्नु अत्यावश्यक रहेको धारणा राख्नुभयो।

अध्यक्ष विष्टले थारु समुदाय संस्कार, संस्कृति र भेषभूषामा धनी रहेको उल्लेख गर्दै, आफ्नो मौलिक पहिचानलाई संरक्षण गर्दै आम्दानीको स्रोत बनाउने सम्भावना रहेको बताउनुभयो।WhatsApp-Image-2025-08-05-at-8.48.30-PM-1754409066.jpegउहाँले गाउँपालिकामा रहेका बेरोजगार महिला र युवाहरूलाई सीप प्रदान गरेर स्वरोजगार बनाउने उद्देश्यले “राप्तीका युवा र महिला उद्यमशीलता पहिला कार्यक्रम” अन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो।

त्यस्तै, वडा नं. ६ मा रहेको थारु समुदायको संस्कार र संस्कृतिको संरक्षणका लागि ‘थारु होमस्टे’लाई व्यवस्थित गर्नुपर्नेमा अध्यक्ष विष्टले जोड दिनुभयो।

उहाँले थारु समुदायको परम्परा, संस्कार र संस्कृति संरक्षणका लागि गाउँसभाबाट ‘बड्घर ऐन’ पारित भइसकेको र हाल सो ऐन राजपत्रमा प्रकाशनको प्रक्रियामा रहेको जानकारी पनि दिनुभयो।

२५ जना महिलाको सहभागिता रहेको उक्त तालिममा शिवु चौधरी र चम्पा चौधरी प्रशिक्षकका रूपमा रहनुभएको छ।

कार्यक्रम थारु कल्याणकारी सभा क्षेत्रीय समिति देउखुरीका निमित्त सभापति चन्द्रा चौधरीको अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
सो अवसरमा थारु कल्याणकारी सभाका केन्द्रीय पार्षद तथा कानुनी सल्लाहकार हल्लु प्रसाद चौधरी, सल्लाहकार रामप्रसाद चौधरी, लमही नगर कमिटी अध्यक्ष शिवप्रसाद चौधरी, नेत्रराज चौधरीलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको सहजीकरण थारु कल्याणकारी सभा देउखुरीका सचिव यमबहादुर चौधरीले गर्नुभएको थियो।

प्रकाशित मिति: मंगलबार, साउन २०, २०८२  २१:३६
प्रतिक्रिया दिनुहोस्