सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
दाङ - दाङकाे शान्तिनगर गाउँपालिका वडा नं.१ हारिचार निवासी सीता थापा आफ्नो ७ बर्षीय छोरासहित सम्पर्क विहीन भएकी छन् । उनी साउन ८ गते हराएकी हुन् ।
श्रीमान शेरबहादुर थापाका अनुसार उनीहरु पातेटाकुरा कोठाभाडामा बस्थे । ८ गते पातेटाकुराबाट हापुरे पैसा ल्याउन जाने भनि हिडेकी उनी त्यो दिनदेखि सम्पर्क विहीन भएकी हुन् । उनीहरु छोरालाई पढाउन भनि पातेटाकुरा कोठा लिएर बसेका थिए । त्यो भन्दा अघि एक बर्ष उनीहरु हापुरे बसेका थिए ।
श्रीमान पहिले भारतमा काम गर्थे । अहिले उनी पनि घरमै छन् । बीचमा श्रीमान–श्रीमतिबीच सम्बन्ध राम्रो थिएन् । पछि सम्बन्ध राम्रै थियो ।
श्रीमान थापाले कसैले भेटाएमा नजिकको प्रहरी वा थापाको सम्पर्क नम्बर ९७६८३१०६७७ मा फोन गर्न अनुरोध गरेका छन् ।