सिंचाई डिभिजन दाङद्वारा २६९ योजना सम्पन्न

सोमबार, साउन २६, २०८२
राप्ती गाउँपालिका दशैतिहार शुभकामना सन्देश

दाङ,२६साउन - दाङको तुलसीपुर स्थित जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय दाङले २६९ योजना सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८१/०८२ मा जम्मा २ सय ७१ योजना रहेकोमा २ सय ६९ योजना पूरा गरेको हो । कार्यालयले बुधबार पत्रकार सम्मेलन गरि २ वटा योजना बाहेक सबै योजना पूरा गरेको जानकारी दिएको छ । पुँजिगत बजेट ३२ करोड ७३ लाख  रहेकोमा ३१ करोड ८३ लाख ५६ हजार रुपैँया खर्च भएको कार्यालय प्रमुख कृष्ण बहादुर विकले बताए । जुन ९७.२७ प्रतिशत रहेको छ ।

गढवा गाउँपालिका दशैतिहार शुभकामना सन्देश

उनका अनुसार जल उत्पन्न प्रकोप न्यूनिकरण तथा व्यवस्थापन कार्यक्रम ८७ वटा, सिंचाई आयोजना मर्मत सुधार तथा विस्तार कार्यक्रम एकसय ४५, मझौला तथा वैकल्पिक प्रविधिमा आधारित सघन सिंचाई कार्यक्रम ३२ वटा र जलासय निर्माणका ५ वटा योजना पूरा भएका हुन् । सिंचाई आयोजना मर्मत सुधार तथा विस्तारका दुई वटा योजना भने कार्यान्वयनमा हुन नसकेको उहाँको भनाई थियो । उनका अनुसार हाल कार्यालयबाट तीन वटा बहुबर्षिय योजनाको काम चलिरहेको छ । झिग्नी बबई सिंचाई योजना घोराही ३ र घारिचौर सिंचाई योजना बंगलाचुली ७ को ठेक्का सम्झौता भइसकेको छ, भने बस्तिखोला सिंचाई योजना शान्तिनर ३ र ४ को काम बोलपत्र आह्वान भएको छ ।

कार्यालयले २०७२ देखि अहिलेसम्म १ सय ६२ किलोमिटर नहर पक्की बनाएको छ, भने ६७ वटा लिट सिंचाई, ६७ वटा पम्प हाउस, ९.७३ किलोमिटर पाइप लाइनिङ, ४५ वटा विद्युतिकरण गरेको छ । जसबाट थप ७ हजार ६ सय ३२ हेक्टरमा सिंचाई सुविधा पुगेको छ, भने ३१ हजार ५ सय ८३ हेक्टरमा सिंचाई सुविधा सुदृढिकरण गरेको छ ।

त्यस्तैगरी त्यसयता ७२.७७ किलोमिटर तटबन्ध तथा नदी नियन्त्रणको काम भएको छ । जसबाट १२ हजार ५ सय ४६ हेक्टर जमिन सुरक्षित भएको छ, भने ८ हजार ६ सय ५८ वटा घर सुरक्षित भएका छन् । कार्यालय प्रमुख विकका अनुसार दाङमा ७५ हजार ९ सय ९१ हेक्टर(२५.७२ प्रतिशत) कृषि क्षेत्र हो । जस मध्ये अहिले ६० हजार ३ सय ६७ हेक्टर(२०.४३प्रतिशत) मा सिंचाई सुविधा पुगेको छ ।

उनले चालु आर्थिक वर्षमा पनि ३२ करोड ५६ लाख बजेट कार्यालयमा आएको छ । कार्यालयले माग गरे अनुसार अझै पनि बजेट नआउँदा प्रभावितहरुका माग सम्बोधन गर्न नसकिएको उनको भनाई छ । चालु वर्षकालागि पनि ५४ करोडको बजेट कार्यालयले पठाएको भएपनि ३२ करोड मात्रै बजेट आउने गरेको छ । साभार लाइभदाङ

प्रकाशित मिति: सोमबार, साउन २६, २०८२  २०:२८
प्रतिक्रिया दिनुहोस्