सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
दाङ,३०साउन - प्रेस सेन्टर नेपाल दाङको कोषाध्यक्षमा शान्तकुमार बुढा मनोनित हुनु भएको छ । प्रेस सेन्टर नेपाल दाङको घोराहीमा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।संगठनका अध्यक्ष जनक नेपाली तथा पार्टी जिल्ला सहईन्चार्ज रामबहादुर दहित अञ्जानको प्रमुख आतिथ्यतामा बैठक बसेको हो ।
बैठकले दाङका दशवटै स्थानीय तहमा संगठन विस्तार तथा सूदृढीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । जसअन्तरगत संगठनको भेला बैठक,तथा पालिका अधिवेशन गर्ने निर्णय गरेको छ । बैठकले जिल्लाका दशवटै स्थानीय तहसंग सहकार्य गर्दै आम नागरिकसंग जोडिन प्रेस सेन्टरसंग नागरिक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको संगठनका अध्यक्ष जनक नेपालीले जानकारी दिनुभयो ।
यस्तै संगठनलले पत्रकारिता तालिम समेत सञ्चालन गर्ने निर्णय गरेको सचिव दिपक बोहराले जानकारी दिनुभयो ।बैठकले मिडिया काउन्सिल बिधेयक र जिल्ला प्रशासन कार्यालयमा अनलाईन सञ्चार माध्यमको दर्ता र नविकरण गर्ने व्यवस्था खारेज गरी हुलाक कार्यालयमा मार्फत गर्न बैठकले माग गरेको छ । बैठकमा बोल्ने अधिकासं वत्ताहरुले प्रेस सेन्टरले आम नागरिकको भावनालाई समेट्ने गरी अगाडि बढ्नु पर्ने सुझाव दिएका थिए ।
बैठकमा आफ्नो धारण पेशगर्दै प्रमुख अतथिी रामबहादुर दहित अन्जानले गणतन्त्रको रक्षा गर्नु प्रेस सेन्टरमा आबद्ध सम्पूर्ण सदस्यको जिम्मेवारी भएको बताउँनुभयो । देशमा आएको परिवर्तन खतरामा परेको उल्लेख गर्दै दहितले यसका विरुद्ध कलम चलाउँन आबश्यक परेको उल्लेख गर्नुभयो ।
बैठकलाई माओवादी केन्द्र दाङका सचिव विश्वराज आचार्य,पार्टी प्रचार विभाग प्रसार बिभाग प्रमुख अजयदीप शर्मा,केन्द्रीय प्रचारप्रसार विभाग सदस्य उदय जिएम,संगठनका केन्द्रीय उपमहासचिव लक्ष्मी आचार्य,सचिव मानसिङ विश्वकर्मा,लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष भुपेन्द्र ओली, घोराही नगरका अध्यक्ष हेमराज नेपाली,तुलसीपुर अध्यक्ष टेकराज भण्डारी,शान्तिनगर अध्यक्ष एन बि निर्दाेष लगायतले सुझाब पेश गर्नु भएको थियो । बैठकको सञ्चालन सचिव दिपक बोहराले गर्नु भएको थियो ।