कक्षा १२ को परीक्षामा दाङमा शान्तिनगर प्रथम, सबै विद्यालय सरकारी

शुक्रबार, साउन ३०, २०८२

दाङ ३० साउन - कक्षा १२ को परीक्षामा दाङको शान्तिनगर गाउँपालिका प्रथम भएको छ ।
 जसले ९३.७५ प्रतिशत विद्यार्थी उतिर्ण गराउन सफल भएको छ । शान्तिनगरबाट २८८ विद्यार्थी परीक्षामा सहभागि भएकोमा २७० विद्यार्थी उतिर्ण भएको पालिकाका अध्यक्ष प्रमोद बस्नेतले बताए । सोही अनुसार जिल्लाका १० वटा पालिका मध्ये सबै भन्दा बढि शान्तिनगरले उतिर्ण गराउन सफल भएको हो ।

जुन पालिकामा सबै विद्यालय सरकारी छन् । सरकारी विद्यालयबाट पनि राम्रो नतिजा ल्याउन सकिन्छ, भन्ने यो राम्रो उदाहरण रहेको अध्यक्ष बस्नेतले बताए ।“शिक्षक, विद्यार्थी र अभिभावकको यसमा ठूलो भूमिका छ”,उनले भने“त्यसैले पनि दाङमा प्रथम भयौं, नेपालमै पनि राम्रो नतिजा ल्याउने हामी हुन सक्छौं ।”

त्यस्तैगरी ८१.८५प्रतिशत उतिर्ण गराउँदै घोराही उपमहानगरपालिका द्धितिय, ८०.२५ प्रतिशत विद्यार्थी उतिर्ण गराउँदै तुलसीपुर उपमहानगरपालिका तृतिय भएको छ । साभार  लाइभदाङ

dang-+2-school-result-2081-1-1755228844.jpg
 

प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०८२  ०९:१९
प्रतिक्रिया दिनुहोस्