बंगलाचुली गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

शुक्रबार, साउन ३०, २०८२

कमिरेचौर ३० साउन - दाङको बंगलाचुली गाउँपालिकाको २०८१/०८२ को वार्षिक नीति योजना तथा कार्यक्रम समावेश भएको कुल आयोजना मध्य  ९१ प्रतिशत कार्य सम्पन्न गरेको छ । भने गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा कुल पुँजिगत बजेट मध्य ८६ प्रतिशत बजेट खर्च गर्न सफल भएको छ ।

बंगलाचुली गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक समीक्षा कार्यक्रममा यस्तो जानकारी गराईएको हो ।  पालिकको आयोजनामा आज शुक्रबार पालिकाकै सभाहलमा गत वर्षको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको हो । 

गाउँपालिकाले गौरबको आयोजना एक घर एक धारा कार्यक्रम सम्पन्न गर्नका लागि खानेपानी गुरुयोजना २०८१ तयार तथा स्वीकृत गरेको, बंगलाचुली अस्पताल सेवा विस्तार संगै , राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमबिबिएस अध्यापन गराउन Community Training Hospital सञ्चालन गर्न सहमती प्रदान गरेको र सामाजिक सुरक्षा, व्यक्तिगत घटना दर्ता र राजश्व सङ्कलन कार्यलाई अनलाईनमा आधारित बनाई तल्लो तहसम्म विस्तार गरिएको जानकारी दिएको छ । 

समिक्षा कार्यक्रममा बोल्दै बंगलाचुली गाउँपालिकाका अध्यक्ष तुल्सीराम पुनले बंगलाचुली गाउँपालिकाको विकासका लागि समीक्षा कार्यक्रम निकै महत्त्वपूर्ण हुने बताउनुभयो । उहाँले पालिकाको यो वार्षिक प्रगति विवरण समीक्षाले  आगामी दिनका योजना तथा कार्यक्रमलाई व्यवस्थित र उत्कृष्ट बनाउन सहयोग पुग्ने बताउनुभयो । अध्यक्ष पुनले समग्र पालिकाको प्रगति विवरण राम्रो भएको भन्दै पालिकाको खर्चसँगै आम्दानी वृद्धिका लागि आन्तरिक स्रोत जोड्ने तर्फ सबैले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले  पालिका, सम्पूर्ण वडा र शाखाबाट सिर्जनात्मक ढंगले ठाउँ  अनुसारको सेवा प्रवाहलाई आगामी दिनमा थप व्यवस्थित गर्दै प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । 534411732_1463532164838446_5404232138033257748_n-1755263345.jpgगाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर जिसीले सम्पूर्ण वडा र शाखाले गरेका प्रगति विवरण वार्षिक समीक्षा कार्यक्रममा नभएर मासिक रुपमा प्रतिवेदन बुझाउनुपर्ने बताउनुभयो । उहाँले मासिक रुपमा प्रगति प्रतिवेदन पेश गर्दा आफ्नो प्रगति विवरण उत्कृष्ट बन्ने कुरामा जोड दिनुभयो ।  समयमै विकास निर्माण योजनाका कामहरू सम्पन्न गर्न  र त्यसलाई दिगोपना दिन योजनाको स्टेमेट अनुसार काम भए/नभएको बारेमा सम्बन्धित निकायले  नियमित निगरानी राख्नुपर्ने उहाँको भनाइ थियो । 533948602_1463532161505113_2042082664911911412_n-1755263370.jpg गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेलले कार्यक्रमको बारेमा प्रकाश  पार्दै  गाउँपालिकाभित्र रहेका सम्पूर्ण वडा र शाखाले एक आर्थिक वर्षमा  गरेका काम, कारबाही र प्रगति के कस्तो भयो भनेर समीक्षा गर्ने थलो भएको बताउनुभयो ।  यस्ता समीक्षा तथा छलफल कार्यक्रमले आगामी दिनमा हुने कार्यहरूलाई थप व्यवस्थित र प्रभावकारी बनाउन मद्दत पुग्ने उहाँको जोड थियो । 532016599_1463531641505165_8856902836081724878_n-1755263397.jpgआर्थिक प्रशासन शाखाका वरिष्ठ लेखा अधिकृत नारायण प्रसाद आचार्यले  चालू र पूँजीगत गरी कुल बजेको ८३ प्रतिशत रकम खर्च भएको बताउनुभयो । समयमै योजनाहरु सम्पन्न नहुँदा सोचजस्तो बजेट खर्च  हुन सकेको उहाँले बताउनुभयो ।  योजना  तथा प्रशासन प्रमुख नुमाकान्त कालाथोकी,  शिक्षा शाखा प्रमुख ओम केसी, स्वास्थ्य शाखा प्रमुख नेवबहादुर केसी, कृषि शाखा प्रमुख ज्ञानराज कँडेल, आयुर्वेद शाखा प्रमुख कविराज ॠषिराज शर्मा, पशु स्वास्थ्य शाखाका प्रमुख माधव भट्टराई,  रेडियो बंगरालाचुलीका स्टेशन म्यानेज जीवन रोका, राजस्व शाखा प्रमुख महेन्द्र शर्मा, पञ्जीकरण शाखा प्रमुख कमल कवँर मगर, महिला तथा बालबालिका तथा जेष्ठ नागरिक शाखाबाट कल्पना केसी, लघु उद्यम शाखाका सहजकर्ता बिरेन्द्र चौधरीले आर्थिकवर्ष २०८१/०८२ मा भएका शाखागत प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।  त्यस्तै वडा नम्बर ८ का वडा सचिव प्रकाश जैसी, वडा नम्बर ७ का वडा सचिव तुलसी केसी, वडा नम्बर ६  की वडा सचिव मनमाया खड्का, वडा नम्बर ५ का वडा सचिव गोकर्ण बुढा, वडा नम्बर ३ र ४ का सचिव वेदुराम पाण्डेय, वडा नम्बर २ की वडा सचिव विन्दु शर्मा, वडा नम्बर १ का सचिव टोपेन्द्र वलीले वडाको वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै भौतिक प्रगति शतप्रतिशत भएको र योजनाका काम उपभोक्ता समितिहरु मार्फत  समयमै सम्पन्न गरेको बताउनुभएको थियो  ।

गाउँपालिकाका अध्यक्ष तुल्सीराम पुनको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष भक्तबहादुर जिसी, प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेल, वरिष्ठ लेखा अधिकृत नारायण प्रसाद आचार्य, कार्यपालिका सदस्यहरु, ८ वटै वडाका अध्यक्ष, पालिकाका शाखा प्रमुख, पालिकामा कार्यरत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।  कार्यक्रमको सञ्चालन पालिकाका प्रशासन शाखा प्रमुख नुमाकान्त कालाथोकीले गर्नुभएको थियो ।

532234376_1463531908171805_6738822070123968366_n-1755263467.jpg

533006742_1463532044838458_7428834338020415962_n-1755263464.jpg

532696930_1463532041505125_6075064273832670874_n-1755263464.jpg

प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०८२  १८:५६
प्रतिक्रिया दिनुहोस्