पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो

शनिबार, साउन ३१, २०८२

दाङ,३१साउन – नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ।

निगमले जारी गरेको नयाँ मूल्य सूची अनुसार शनिबारदेखि पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढाइएको छ। त्यस्तै, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाइएको छ।


निगमका अनुसार मूल्य समायोजन इन्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्य सूचीको आधारमा गरिएको हो। नयाँ मूल्य परिवर्तन शनिबारदेखि लागू हुने निगमले जनाएको छ।petrol2082-fnl-1755302181.jpg

प्रकाशित मिति: शनिबार, साउन ३१, २०८२  ०५:४१
प्रतिक्रिया दिनुहोस्