सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
काठमाडौं,३१ साउन - शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमति पत्रका लागि आवेदन दिन विज्ञापन प्रकाशित गरेको छ।
आयोगले प्रकाशित सूचनाअनुसार, शिक्षक सेवा आयोग नियमावली (संशोधनसहित), २०७५ को नियम ९ को उपनियम (१) को खण्ड (क) र नियम ९ को उपनियम (७) बमोजिम तोकिएको न्यूनतम योग्यता प्राप्त गरेका र तोकिएको तालिम पूरा गरेका इच्छुक व्यक्तिहरूले अनुमति पत्रका लागि आवेदन दिन सक्नेछन्।
यसका लागि आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणाली https://license.tsc.gov.np/ मार्फत दरखास्त दिनुपर्नेछ।
साथै, यससम्बन्धी सम्पूर्ण जानकारी आयोगको आधिकारिक वेबसाइट www.tsc.gov.np मा प्रकाशित विवरणमार्फत प्राप्त गर्न सकिने आयोगले जनाएको छ।