सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
दाङ,३१ साउन - दाङकाे प्रशिद्ध धार्मिक स्थल पाण्डवेश्वर महादेव मन्दिर धारपानीमा सञ्चालन शिवपुराण तथा श्रींगारिक महाआरतिकाे आज शनिवार समापन गरिएको छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश कुमार अधिकारीकाे अध्यक्षता तथा घाेराही उप महानगरपालिकाका प्रमुख नरूलाल चाैधरीकाे प्रमुख आतिथ्यमा महाआरतीकाे समापन गरिएको हाे ।
पाण्डवेश्वर महादेव मन्दिरकाे प्रचार प्रसार र धार्मिक जागरणका लागि साउन १ गतेदेखि सञ्चालित शिवपुरान तथा श्रींगारिक महाआरति समापन कार्यक्रममा बाेल्दै प्रमुख अतिथि चाैधरीले धारपानीकाे विकास हुनु भनेकाे दाङकाे आर्थिक सम्वृद्धिकाे ढाेका खुल्नु भएकाे बताउदै पर्यटन प्रवर्द्धनका लागि पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समितिले खेलेकाे भूमिकाकाे प्रशंसा गर्नुभयाे । उहाले धारपानीकाे विकासका लागि सडक विस्तारलाई निरन्तरता,भत्केको पुल पुन:निर्माण तथा अन्य भाैतिक निर्माणमा उप महानगरपालिकाले आवश्यक सहयाेग गर्ने बताउनुभयाे । भाष्कराचार्य पदक बिभूषित पण्डित विष्णु बल्लभाचार्य र उप बाचकमा पाण्डव ब्रहाचारीले कथावाचक रहनुभएकाे महाआरतिमा जिल्ला स्तरीय लाेक भजन प्रतियोगिता समेत सञ्चालन गरिएको थियाे । प्रतियोगितामा राष्ट्रिय लाेकभजन चुट्का संरक्षण प्रतिष्ठान घाेराही नगर समिति प्रथम,ओम संगित पाठशाला लमही दाेश्राे र जेष्ठ नागरिक भजन समुह घाेराही १४ तृतीय हुनुभएको थियाे । प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार,दाेस्राे हुनेलाई १० हजार र तेस्राे हुनेलाई ५ हजार रूपैया र प्रमाणपत्र प्रदान गरिएकाे थियाे । यस्तै लाेभजन प्रतियाेगितामा सहभागी अन्य सवै टिमलाई पच्चिस सय नगद र प्रमाणपत्र प्रदान गरिएको थियाे ।
यस्तै शिवपुराण तथा श्रींगारिक महाआरतीमा पाँच हजार भन्दा माथि दान गर्ने दाता,पण्डित, लगायतलाई प्रमाणपत्र प्रदान गरिएको थियाे । यस्तै बिश्वकै अग्लाे त्रिशुल परिसरमा प्रतिक्षालय निर्माण गर्ने घाेराही ५ धर्ना निवासी जुद्ध बहादुर केसीकाे परिवारलाई सम्मानपत्रले सम्मान गरिएको थियाे । कार्यक्रममा बाेल्ने अन्य बक्ताहरूले हिन्दु धर्मकाे रक्षा र मन्दिरको प्रचारका लागि प्रत्येक बर्ष हुने गरेकाे श्रींगारिक महाआरतिले पाण्डवेश्वर मन्दिरकाे महत्त्व बढाउदै लगेकाे बताएका छन् ।
साे घाेराही उपमहानगरपालिका पर्यटन तथा संस्कृति विज्ञ सुन्दर गाैतम,कलाकार घनश्याम केसी लगायतले मन्तव्य व्यक्त गर्नुभयाे । कार्यक्रमकाे सञ्चालन मन्दिर व्यवस्थापन समितिका सचिव विष्णुराम आचार्यले गर्नुभएको थियाे । शिवपुराण तथा श्रींगारिक महाआरतिमा रूद्राभिषेक,लघु रूद्रि,लक्ष्यवर्तिका,चारासी पुजा,जन्मदिन,गृहपुजा,नाग पूजा,ब्राह्मण भाेजन,प्रसाद वितरण,ब्रतबन्ध,चूडाकर्म लगायतका कार्य समेत गरिएको थियाे ।