दाङको सिद्धिविनायक फर्निचर उद्योगमा आगलागी

सोमबार, भदौ २, २०८२

दाङ,२भदाै - दाङको तुलसीपुरमा रहेको एक फर्निचर उद्योगमा आगलागी भएको छ । तुलसीपुर १२ पुकारपसलस्थित सिद्धिविनायक फर्निचर उद्योगमा आगलागी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । तुलसीपुर ५ ग लाइनका तारा बहादुर बस्नेतले संचालन गर्र्दै आएको सो उद्योगमा आज सोमबार दिउँसो करिब ३ ः१० वजेतिर आगो लागेको थियो ।


 प्रहरी, दमकल र स्थानियको सहयोगमा आगो नियन्त्रणमा आएको इप्रका तुलसीपुरका सुचना अधिकारी सुर्य रानाले जानकारी दिनुभयो । आगलागीबाट मानवीय क्षति भने नभएको उहाँको भनाइ छ । आगलागीको कारण र क्षतिको विवरण संकलन भैरहेको सुचनाअधिकारी रानाले बताउनुभयो ।

प्रकाशित मिति: सोमबार, भदौ २, २०८२  १८:३४
प्रतिक्रिया दिनुहोस्