घोराही ८ का अध्यक्ष शाहको राजीनामा स्वीकृत,अध्यक्ष पद गयो

सोमबार, भदौ २, २०८२

दाङ,२भदाै - दाङको घोराही उपमहानगरपालिका वडा नं. ८ का वडा अध्यक्ष जितेन्द्र बहादुर शाह पद मुक्ता हुनुभएको छ । घोराहीमा बसेको उपमहानगरपालिकाको कार्यपालिका बैठकले शाहले दिएको राजीनामा स्वीकृत गरेपछि शाह पदमुक्त हुनुभएको हो ।  २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) को तर्फबाट वडा अध्यक्षमा निर्वाचित शाहले लामो समयदेखि जनताको अपेक्षा अनुरूप काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गर्दै आएका आउनु भएको थियो ।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना


उहाँले केही महिना अघि नै नगरप्रमुख नरुलाल चौधरीलाई राजीनामा बुझाउनु भएको थियो । नगरप्रमुख चौधरीले शाहको राजीनामा स्वीकृत भएसँगै वडा सदस्य चुडामणि चौधरीलाई कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी सुम्पिएको जानकारी दिनुभयो । “नयाँ नेतृत्वले वडावासीको हितमा काम गर्नेछ भन्ने विश्वास छ,” चौधरीले भन्नुभयो । 

प्रकाशित मिति: सोमबार, भदौ २, २०८२  १८:५०
प्रतिक्रिया दिनुहोस्