दंगीशरण १ शिवपुरीमा तिज र अट्वारी विशेष कार्यक्रम सम्पन्न

दंगीशरण १ मा विविधता बीच एकताको सन्देशसहित तिज मिलन समारोह
सोमबार, भदौ २, २०८२

दंगीशरण,२ भाद्र - दंगीशरण गाउँपालिका वडा न १ को आयोजना,दंगीशरण गाउँपालिका र समृद्ध समाजको आर्थिक सहयोग तथा पतन्जली योग साधनाकेन्द्र दंगीशरण १ बाकिको सहजीकरणमा हरीतालिका तिज र अट्वारीको अवसरमा हार्दिक शुभकामना आदानप्रदान तथा तिज तथा अट्वारी विशेष कार्यक्रम दंगीशरण १ को शिवपुरी पर्यटकीय क्षेत्र बाकीमा सम्पन्न भएकोछ ।वडा न १ का वडा अध्यक्ष रमेश भण्डारीको अध्यक्षता,गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता तथा गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काको बिशिस्ट आथित्यतामा तिजमिलन तथा अट्वारी विशेष कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कर्ण बहादुर नेपाली,वडा न ३ का वडा अधयक्ष शुकलाल चौधरी,कार्यपालिका सदस्य शितरा नेपाली,समृद्ध समाजका दिल कुमारी वि.क .पतन्जली योग समितीका दंगीशरण प्रभारी दिपक बिष्ट,नेपाल थारु संघ क्षेत्र न ३ का क्षेत्रीय उपाध्यक्ष मोहन चौधरी ,लगायतले आ आफ्नो भनाइ राख्नुभएकोथियो ।

तिज बिशेष तथा अट्वारीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले आफुले सवै जातजाति तथा तथा हरेक बर्गको सम्बोधन हुनेगरि कार्यक्रम अगाडि बढाएको बताउनुभयो ।महिलाहरुको  सम्बोधनका लागि आफुहरु निर्वाचित भएर आयपस्चात निरन्तर तिजविशेष कार्यक्रम वडा वडामा संचालन गरेको अध्यक्ष गिरीको भनाइछ ।

यस्तै सोही अवसरमा गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काले तिज पर्वमा महिला दिदिबहिनीहरु एक ठाउँमा जम्मा भएर सुख दुख साट्दै आफ्ना पिर ब्यथाहरु ब्यक्त गर्ने पर्व भएकाले यस पर्वलाइ मौलिक तवरले मनाउन र भड्किलो नबनाउन आग्रह गर्नुभयो ।

वडा न १ का वडा सदस्य हुमा गिरीको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजिकरण गाउँपालिकाका प्रेश सयोजक प्रमोद आचार्यले गर्नुभएकोथियो ।

प्रकाशित मिति: सोमबार, भदौ २, २०८२  १९:०८
प्रतिक्रिया दिनुहोस्