भुमि समस्या समाधान आयाेज दाङकाे १४ औ बैठक सम्मपन्न

मंगलबार, भदौ ३, २०८२

दाङ,३ भदाै - भुमि समस्या समाधान आयाेग दाङकाे बैठक  आज सम्पन्न भएकाे छ । भुमि समस्या समाधान आयाेग का अध्यक्ष हुकुम बहादुर बस्नेतकाे अध्यक्षतामा बसेकाे बैठकले गढवा गा.पा. वडा नं.२ डाँडा टोलको  पुर्जा तयार गरि वितरण गर्न बाकी रहेको पुर्जा वितरण वि.सं. २०८२/०४/२३ गते शुक्रवारका दिन गर्ने निर्णय गरियो ;  नि.न १ माथि छलफल गर्दा २०८२ साल श्रावण महिनाको २१ गतेका दिन  गढवा गाउपालिकाको कार्यपालिकाबाट निर्णय न ६ मा  गाउपालिकाको वडा न ३ को बाघनाथ टोल (गोबरडिया ६ ख कि.न. २५९) मा रहेका ५ जना भूमिहिन दलित तथा सुकुम्बासीहरुको भूमिहिन दलित भूमिहिन सुकुम्बासी र अव्यवस्थित वसोवासीलाई जग्गा उपलब्ध गराउने सम्बन्धी कार्यबिधी २०८१ को अनुसूची १ बमोजिमको ढाँचामा प्रमाणिकरण भई आएका विवरणहरु ऐ. अनुसूची ५को ढाँचामा सूचना प्रकाशन गर्ने निर्णय गरियो ।

त्यसैगरी राप्ती गापा बाट प्रमाणिकरण भई आएका राप्ती गाउपालिका बडा न.१ (साविक लालमाटिया ३ त १०४) को पाखापानीमा रहेका १ (एक) जना भूमिहिन दलित र सोही गाउपालिका वडा न. ४ नयाँगाउ(साविक लालमाटिया ८ ग किन २२८) मा रहेका ३ जना भूमिहिन दलित र सुकुम्बासीहरुलाई भूमिहिन दलित भूमिहिन सुकुम्बासी र अव्यवस्थित वसोवासीलाई जग्गा उपलब्ध गराउने सम्बन्धी कार्यबिधी २०८१ को अनुसूची १ बमोजिमको ढाँचामा प्रमाणिकरण भई आएका विवरणहरु ऐ. अनुसूची ५को ढाँचामा सूचना प्रकाशन गर्ने निर्णय गरियो ।

 गढवा गापा वडा न ३ बाघनाथ टोल (साविक गोबरडिया ६ ख) प्लट रजिष्टरका ८ वटा अन्तिम कित्ता न.हरु, राप्ति गाँउपालिका वडा न १ साविक लालमाटिया ३ त को  प्लट रजिष्टरका २ वटा अन्तिम कित्ता न.हरु र राप्ति गाँउपालिका वडा न ४ साविक लालमाटिया ८ ग  को  प्लट रजिष्टरका ४ वटा अन्तिम कित्ता न.हरु सुकुम्बासी समस्या समस्या आयोग जिल्ला समिती दाङको नाममा सुरक्षीत गर्ने सम्बन्धमा ।
भूमिहिन दलित तथा सुकुम्बासीहरुको भूमिहिन दलित भूमिहिन सुकुम्बासी र अव्यवस्थित वसोवासीलाई जग्गा उपलब्ध गराउने सम्बन्धी कार्यबिधी २०८१ को दफा १४ (१) अनुसार गढवा गाउपालिकाको वडा न २ डाँडाटोलमा (साविक गोवरडिया २) का भूमिहिन दलित सुकुम्बासीहरुका जग्गाधनि प्रमाण पुर्जा वितरण भएको मितिले ३० दिन भित्र भू सूचना प्रणालीमा अद्दावधिक प्रयोजनार्थको लागी मालपोत कार्यालय लमहीमा पठाउने । 

बबई गाँउपालिका वडा न ४ मा छुट भएका भूमिहिन दलित र सुकुम्बासीहरुलाई सम्बन्धित बबई गाँउपालिका गाँउकार्यपालिकाको कार्यालयबाट प्रमाणिकरण भई आएका थप ३(तिन) जनाको "भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको पहिचान र प्रमाणीकरणको आधार र मापदण्ड,२०८१" को अनुसूची १ बमोजिमको ७(सात) दिने सार्बजनिक सूचना प्रकाशन गर्ने निर्णय गरियो ।

उक्त बैठक मा , जिल्ला समाेन्वयण समिति  दाङका जिल्ला अधिकारी सावित्रा श्रेष्ठ , मालपाेत कार्यालय दाङका प्रमुख कमल प्रसाद पाैड्याल , जिल्ला प्रशासन दाङका प्रतिनिधि विजय गाैतम , भुमि समस्या समाधान आयाेग दाङ का महिला सदश्य हिरादेवि पुन , आयाेग का सदश्य सचिव पुरन चाैधरि , नापि कार्यालय लमहिका प्रमुख प्रदिप ज्ञावलि , मालपाेत कार्यालय लमहिका प्रमुख राम प्रसाद खनाल  , नापि कार्यालय तुल्सीपुका प्रमुख माेहन बन्जाडे ,  मालपाेत कार्यालय तुल्सीपुरका कार्यबाहाक प्रमुख गंगाराम पाेख्रेल लगाएतका काे उपस्थित रहेकाे थियाे । 
आयाेग का अध्यक्ष बस्नेतले बैठकमा उठेका एजेण्डाहरू माथि छलफल  गर्दै , विभिन्न तहमा रहेर काम गर्दै जादा भैपरि आउने समस्या समाधान गर्दै  दाङमा ८० हजार पुर्जा बितरण गर्ने गरि आफ्नाे याेजना बनाई काम गर्ने बताउनुभयाे । 
 
आयाेगले निर्णय गरेकाे कुराहरू लाई  लागू गर्दै  भुमिहिन दलित र भुमिहिन सुकुम्वासिहरू लाई अब काे दुई बर्ष मा हात हातमा पुर्जा दिने गरि आफ्नाे काम लाई अघि वढाउन  सवै पदाधिकारि तथा कर्मचारीहरू लाई निर्देशन समेत गर्नुभएकाे थियाे । 
बैठककाे सहजिकरण आयाेगका सदश्य सचिब पुरन चाैधरीले गर्नुभएकाे थियाे ।

प्रकाशित मिति: मंगलबार, भदौ ३, २०८२  १९:०५
प्रतिक्रिया दिनुहोस्