दाङको तुलसीपुरमा करेन्ट लागेर एक महिलाको ज्यान गयाे

मंगलबार, भदौ ३, २०८२

दाङ,३ भदाै - दाङको तुलसीपुरमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका– ८ कृष्णमन्दिर निवासी ३५ वर्षकी कविता चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

आज बिहान १० बजे भाँडा माझ्ने क्रममा करेन्ट लागेर घाइते भएकी चौधरीको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिनुभयो ।

मोटर प्रयोग गरेर कुवाको पानी तानीरहेको समयमा भाँडा माझ्न जानुभएकी चौधरीलाई दुबै हातमा करेन्ट लागेको थियो । तुलसीपुरको दुधेनामा घर निर्माणको काम गदै आएका श्रमिकहरूलाई चौधरीले खाना पकाउने काम गर्दै आउनु भएको थियो ।

लमही नगरपालिका –३ निवासी ४४ वर्षका खुशीराम चौधरीले घर निर्माणको ठेक्का लिनु भएको थियो । स्थानीय जित बहादुर खडकाका अनुसार मृतक चौधरीका श्रीमानको करिब ८र९ वर्ष अघि मृत्यु भएको थियो । मृतकका एक मात्र छोरा छन् ।  साभार लाइभदाङ

प्रकाशित मिति: मंगलबार, भदौ ३, २०८२  १९:२२
प्रतिक्रिया दिनुहोस्