Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

बंगलाचुलीमा आई.एन.एफ.नेपालले आइ.एन.एफ नेपालले समुदायमा आधारित समावेशी विकास परियोजना सञ्चालन गर्ने 

बुधबार, भदौ ४, २०८२

कमिरेचाैर, ४ भदाै  - दाङको बंगलाचुली गाउँपालिकामा समुदायमा आधारित समावेशी विकास परियोजना सञ्चालन गर्ने भएको छ। आइएनएफ नेपालले बंगलाचुली गाउँपालिकाको कार्यालय कमिरेचौरमा एक कार्यक्रमको आयोजना गरी परियोजनाको विषयमा जानकारी गराएको छ । 

आइ.एन.एफ नेपाल दाङका परियोजना अधिकृत कृष्णबहादुर ओलीको अध्यक्षता बंगलाचुली गाउँपालिकाका अध्यक्ष तुलसीराम मगरको प्रमुख अतिथिता उपाध्यक्ष भक्तबहादुर जिसीको विशिष्ट अतिथितामा कार्यक्रम सम्पन्न भएको थियो। उक्त कार्यक्रममा परियोजनाले सञ्चालन गर्ने विभिन्न कार्यक्रमको बारेमा जानकारी गराइएको थियो ।

यस परियोजना अन्तर्गत सबै अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्यमा सुधार तथा पुनस्थापना गर्ने, अपाङ्गता भएका व्यक्तिहरूको जीविकोपार्जनमा सुधार ल्याउने, अपाङ्गता भएका व्यक्तिहरूलाई सशक्तिकरण तथा सहभागितामा वृद्धि गर्ने काम गर्ने यस परियोजनाका अधिकृत कृष्ण बहादुर वलीले जानकारी दिनु भयाे ।

परियोजना गाउँपालिकाको वडा नम्बर ३, ४, ५ र ६ मा संचालन गरिने अधिकृत वलीले जानकारी दिनुभयो । याे परियोजना लक्ष्मी गाउँपालिकामा २०८२ साल साउनदेखि २०८८ सालको असार मसान्त अर्थात् ६ वर्षसम्म सञ्चालन हुनेछ।

कार्यक्रममा बंगलाचुली गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेल वरिष्ठ लेखा अधिकृत नारायण प्रसाद आचार्य प्रशासन शाखा प्रमुख नुमाकान्त कालाथोकी, वडा नम्बर ३ का अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता साेभाराज विश्वकर्मा, वडा नं ४ का अध्यक्ष डाँसबहादुर डाँगी, वडा नम्बर ५ का अध्यक्ष लिलाबहादुर घर्ती, वडा नम्बर ६ का अध्यक्ष डोमबहादुर केसी, लगायत बङ्गलाचुली गाउँपालिकाका विभिन्न शाखाका कर्मचारीहरूको सहभागिता रहेको थियो।

प्रकाशित मिति: बुधबार, भदौ ४, २०८२  ०७:१६
प्रतिक्रिया दिनुहोस्
समाचार