दंगीशरणमा राष्ट्रिय सूचना दिवस विशेष अन्तर्क्रिया कार्यक्रम सम्पन्न

बुधबार, भदौ ४, २०८२
राप्ती गाउँपालिका दशैतिहार शुभकामना सन्देश

दंगीशरण, ४ भदौ - दाङको दंगीशरण गाउँपालिकामा राष्ट्रिय सूचना दिवसको अवसर पारेर मंगलबार एक विशेष अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। २०६५ भाद्र ३ गते सूचनाको हक सम्बधि ऐन २०६४ र नियमावली २०६५ लागु भएको मितिलाई स्मरण गर्दै हरेक वर्ष भदौ ३ गते राष्ट्रिय सूचना दिवस मनाइदै आएको गाउँपालिकाका सूचना अधिकारी टेक बहादुर खत्रीले जानकारी दिनुभयो ।

गढवा गाउँपालिका दशैतिहार शुभकामना सन्देश

सूचनाको हक सम्बन्धी ऐन २०६४ मा हरेक नागरीकलाई सार्वजनिक महत्वको सूचनामा हक हुने, सूचनाको अद्यावधी गर्नुपर्ने तथा सूचना दिनको लागि हरेक सार्वजनिक निकायले सूचना अधिकारीको व्यवस्था गर्नुपर्ने लगायतका व्यवस्था अनुरुप आफुहरुले सूचना अधिकारीको ब्यबस्था गरिएको गाउँपालिका अध्यक्ष शम्भु गिरीले बताउनुभयो ।

सूचनाको हक सम्बन्धी नियमावलीमा सूचना प्राप्त र प्रयोग सम्बन्धी कार्यविधी पनि स्पष्ट रुपमा उल्लेख भएकाले आफुहरुले सूचनाको हकलाई पुर्णत कार्यान्वयनमा ल्याएको उहाँको भनाइछ ।

अर्को प्रसङ्गमा अध्यक्ष गिरीले सूचनाको हकमा नागरिक नै सचेत हुनुपर्ने बताउनुभयो । अध्यक्ष गिरीले सूचना पाउने हकको सम्मान गर्न कर्मचारीहरुलाई सुझाब दिनुभयो । नागरिकले सूचनाको हक उपभोग गर्ने नाममा सामाजिक मर्यादा विपरित र वैयक्तिक वा असम्बन्धित बिषयमा सूचना माग्नु उचित नहुने उहाँको भनाई छ ।

यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कर्ण बहादुर नेपालीले सूचना मागको सवालमा सर्वसाधारण नागरीक आउने नगरेको तर सिमित केही ब्यक्तीले सूचना माग गर्ने र असम्बन्धित बिषयमा सूचना माग गर्नाले झन्झट हुने गरेको बताउनुभयो । सूचनाहरुलाई समयमै अद्यावधिक गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले अनावश्यक रुपमा दुःख दिने नियतले सूचना माग गर्ने परीपाटीले झन्झट हुने गरेको समेत बताएका थिए । सूचना दिवसको अवसरमा आयोजित अन्तर्कृया कार्यक्रम गाउँपालिका अध्यक्ष शम्भु गिरीको अध्यक्षता, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कर्ण बहादुर नेपाली, गाउँपालिकाका प्रबक्ता रमेश भण्डारी सहित जनप्रतिनिधि तथा कर्मचारीको उल्लेख्य उपस्थितिमा भएकोथियो ।

सूचना दिवसका बारेमा गाउँपालिकाका सूचना अधिकारी टेक बहादुर खत्रीले आफ्नो प्रस्तुति राख्नुभएकोथियो । गाउँपालिकाका लेखा अधिकृत ध्रुव राज न्यौपानेको स्वागत मन्तब्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण गाउँपालिकाका प्रशासकीय अधिकृत सुदिप डाङ्गीले गर्नुभएकोथियो ।

प्रकाशित मिति: बुधबार, भदौ ४, २०८२  ०७:२९
प्रतिक्रिया दिनुहोस्