तीज पर्वलाई सभ्य तरिकाले मनाउन उपमेयरकाे आग्रह 

शुक्रबार, भदौ ६, २०८२

 दाङ,६ भदाै - दाङकाे घाेराही उप महानगरपालिका वडा नम्बर ७ काे आयोजनामा आज तीजमिलन तथा तीजगित प्रतियोगिता सम्पन्न भएकाे छ । कार्यक्रम संयाेजक गाेमा नेपालीको अध्यक्षता तथा घाेराही उप महानगरपालिकाका उपमेयर हुमा कुमारी डिसीकाे प्रमुख आतिथ्यमा तीजमिलन कार्यक्रम भएको हाे । 

वडा अध्यक्ष खाेपिराम चाैधरीकाे स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा बाेल्दै उपमेयर डिसीले तीज पर्वले माैलिक संस्कृतिको जगेर्नासंगै आपसी सद्भभाव बढाउने भएकाले यसलाई सरल र सभ्य तरिकाले मनाउनुपर्ने बताउनुभयाे । पछिल्लो समयमा तीज पर्वका नाममा देखा परेका बिकृति र बिसंगती हटाउनुपर्ने भन्दै उहाले तीजलाई भड्किलो नभई सामाजिक एकता र सुखदुखकाे भावना साट्ने पर्वकाे रूपमा लिनुपर्ने बताउनुभयाे । 

बिभिन्न टाेलका तीन सय भन्दा बढि महिलाहरूकाे सहभागीता रहेकाे कार्यक्रममा भएको तीज नृत्य प्रतियोगितामा बेलहरी टाेलका पवित्रा बुढाथाेकी प्रथम,पर्शा शिव टाेलका पवित्रा पुन द्वितीय र साेही टाेलकी समिक्षा पुनले सान्त्वना स्थान हासिल गर्नुभएको थियाे । प्रतियोगितामा उत्कृष्ट हुने सवैलाई प्रमाणपत्र र नगर पुरस्कार प्रदान गरिएको थियाे । साे कार्यक्रमकाे निर्णायकमा वडा सचिव माधवा घिमिरे र मावि साैडियारकी शिक्षिक सुभद्रा भण्डारी रहनुभएकाे थियाे । कार्यक्रमकाे सहजिकरण वडाका कर्मचारी विमल याेगीले गर्नुभएको थियाे । कार्यक्रममा सवै सहभागीलाई दर समेत खुवाईएकाे थियाे ।538093617_25063130943290681_5054264217841038664_n-1755827318.jpg

प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०८२  ०७:३३
प्रतिक्रिया दिनुहोस्