Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

तीज पर्व र महिला सशक्तिकरणका प्रेस चाैतारी दाङद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

शुक्रबार, भदौ ६, २०८२

दाङ,६ भाद्र - हरितालिका तीज पर्वलाई सभ्य र मर्यादित रूपमा मनाउनुपर्ने दाङमा आयोजित एक कार्यक्रमका बक्ताहरूले राखेका छन् । प्रेस चाैतारी दाङले लुम्बिनी प्रदेश समितिकाे संयाेजनमा घाेराहीमा आयाेजना गरेकाे तीज पर्व र महिला सशक्तिकरण विषयक अन्तरक्रिया कार्यक्रममा बाेल्ने बक्ताहरूले यस्ताे बताएका हुन् ।

 चाैतारी दाङका अध्यक्ष सुधासुमन ढकालकाे अध्यक्षतामा भएकाे कार्यक्रममा बाेल्दै प्रमुख अतिथि नेकपा एमालेका पाेलिटव्यूराे सदस्य शान्ता चाैधरीले तीजकाे आफ्नै माैलिकता र महत्त्व भएकाले यसलाई हर्ष र उल्लासपूर्ण किसिमले मनाउनुपर्ने बताउनुभयाे । पछिल्लो समयमा तीज भड्किलो,खर्चिलाे,उच्छृङ्खल बन्न थालेकाेमा त्यसलाई सुधार गरी  एक महिनाअघिबाट दर खाने परिपाटी अन्त्य गर्नुपर्ने उहाले बताउनुभयाे । 

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य सीता सिग्देल न्याैपाने,नेपाल पत्रकार महासंघका केन्द्रीय  सचिव सविन प्रियासन,नेपाल प्रेस युनियनका केन्द्रीय उप महासचिव सुलाेचना गाैतम,प्रेस सेन्टरका केन्द्रीय उप महासचिव लक्ष्मि आचार्य,क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय सदस्य सुशिला आचार्य,अखिल नेपाल महिला संघ दाङका सचिव पशुपति चाैधरी,नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष नारायणी रजाैरे,अधिबक्ता सुष्मा केसी लगायतले बाेल्नुभएकाे थियाे । 

चाैतारी दाङका महिला उपाध्यक्ष लक्ष्मि पाेख्रेलकाे स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रममा बाेल्ने अन्य बक्ताहरूले नेपालकाे कलासँस्कति जगेर्ना गर्न तीज पर्वले महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै तीजलाई रचनात्मक र सन्देशमूलक बनाउन आवश्यक रहेकाे धारणा राखेका छन् । पछिल्लो समयमा तीज पर्वलाई भड्किलाे र खर्चिलाे बनाउने प्रयास गरिएको भन्दै उनिहरूले त्यसलाई राेक्न सवैले आफु र आफ्नाे परिवार मार्फत भूमिका खेल्नुपर्ने बताएका छन् । 

साे अवसरमा चाैतारी दाङका अध्यक्ष सुधासुमन ढकालले तीज पर्व र महिला सशक्तीकरण विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियाे भने तीज पर्वकाे महत्त्व समेटिएको भिडयाे क्लिप समेत प्रदर्शन गरिएको थियाे । कार्यपत्रमाथि सञ्चारिका समुह दाङका अध्यक्ष रञ्जिता शर्माले टिप्पणी गर्नुभएको थियाे । चाैतारीका प्रदेश कमिटि सचिव निता चाैधरीले धन्यवाद ज्ञापन गरेकाे कार्यक्रमकाे सञ्चालन चाैतारीकाे महिला विभाग संयाेजक दिप्तिशिखा चाैधरीले गर्नुभएको थियाे ।

प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०८२  १८:४७
प्रतिक्रिया दिनुहोस्
समाचार